d

हस्पिटलको  प्रसूति कक्षमा अचानक भालु देखिए पछि .......

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ताप्लेजुङ – जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । हिजाे बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको थियो ।

file photo


बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले त्यही कोठामै नियन्त्रणमा रहेको बताइएको छ।  खबरहरुमा जनाइए अनुसार अस्पतालको पछिलो  भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति भालु पसेको बताइएको छ।  

सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको र उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ । 
 
 चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ ।

Views: