d

मायाघरमा  महापुराण ; १ करोड राशीको अक्षय कोष स्थापनाको लक्ष 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युवराज रेग्मी 
फाल्गुन २१, झापा /

   २०७४ सालमा   पुर्बको हरित नगरी इटहरीमा स्थापना भएको "माया घर नेपाल"  मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा समर्पित रहदै आएको एक गैर- नाफामुलक गैर-सरकारी संस्था हो  । 

 इटहरी २ मा अबस्थित  मायाघर द्वारा  हालसम्म ४ हजारजना भन्दा  बढी बेसहारा मानिस हरुको पुन:स्थापना तथा पारिवारिक मिलन भइसकेको छ । 
हाल संस्थामा   ११५ जनाले आश्रय लिइरहेका छन् । मायाघरमा आश्रयमा बस्नेहरुमा  हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरु रहने गर्दछ्न ।
यस्ता बेसहारा मानिसहरुलाइ  गाँस  बास र कपासको ब्यबस्था मायाघरले गर्दै आएको छ । 
माया घरकी  अध्यक्ष राधिका दासीका अनुसार मायाघर संचालनमा मासिक करिब  ७ देखि ८ लाख रुपैया सम्म  खर्चहुने गरेको छ ।
  यस्तो खर्च जुटाउन हालसम्म आइपुग्दा स्थानीय सरकार, विभिन्न संघसंस्था तथा  सहयोगी दाता व्यक्तिहरुको सहयोगमा खर्चको व्यवस्थापन हुदै आएको छ । 

 

No description available.

 

 माया घरमा आश्रयमा रहने ब्यक्तीहरुको पालन पोसण  एवं व्यवस्थापन खर्चहरु सधै सहयोग जुटाएर गर्नुपर्दा धेरै समस्या हुनेगरेको सस्थाकी आजिबन सदस्य बिजया प्याकुरेलले बताइन ।

विभिन्न समयमा  बिनियोजन अन्तरगत  स्थानीय सरकारबाट प्राप्त हुने सहयोगले मात्र मायाघर सन्चालन गर्न पर्याप्त नभएकोले  आबस्यक खर्चका निमित्त आम्दानीको श्रोत दिगो बनाउन र मायाघरको आर्थिक संकटलाई कम गर्न  १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य मायघरले राखेको अध्यक्ष दासी बताउछिन  । 

"सडक मानव रहित नेपाल राष्ट्रिय  अभियान " कार्यक्रम अघिसार्दै उक्त कार्य सम्पन्नगर्न  १ करोडको अक्षयकोष स्थापनार्थ  मायाघर नेपालले आज  फाल्गुन  २१ गतेदेखि २८ गतेसम्म श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्दैछ  । 

 संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै मायाघरलाई थप व्यवस्थित बनाउन पहिलो चरणमा १ करोड रुपैया संकलन गर्ने र उक्त रकमको ब्याजबाट आश्रितहरुको सेवा गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको सस्थाकी आजिबन सदस्य बिजया प्याकुरेलले  जानकारी गराइन  ।

 

No description available.

 

 फागुन २१ गते इटहरी  २ स्थित आयुर्वेदिक टोलमा रहेको  मायाघर परिसरमा  महायज्ञको औपचारिक उद्घाटन हुने  अध्यक्ष दासीले जानकारी गराइन । 
 महायज्ञ अबधीभर एक सातासम्म दैनिक कथा वाचन तथा जीवन दर्शन सम्बन्धी कार्यक्रमहरु हुने  उनले बताइन् । 

 अध्यक्ष दासीका अनुसार माया घर के हो भन्ने बुझाउनको  साथै  दायित्व बोध गराउने  उद्देश्य लिएर  पुराण आयोजना गरिएको हो ।

 महायज्ञ कार्यक्रमको लागि धरानका संयोजकमा होप धरानका अध्यक्ष निश्चल मोहन पलिखे, कलश यात्राको सम्योजकमा  दुर्गा काफ्ले लाई जिम्मेवारी दिइएको छ । फागुन २१ गते बिहान ८ बजे इटहरीबाट पकली, चतरा हुदै सप्तकोशीमा जल उठाएर धरान हुदै यज्ञस्थलमा सहभागी हुने आयोजकले जनाएकोछ । 
धरानका संयोजक पलिखेका अनुसार  शनिबार बिहान ११ बजे सिद्धि नेवाः परिषदबाट १०८ वटा कलश यात्राले धरान नगर परिक्रमा गरिने बताए  । 
साथै इच्छुकहरुलाई यज्ञस्थलसम्म लैजान निःशुल्क पारबहनको  व्यवस्था रहेको  उनले बताए । कलश  यात्राकी संयोजक काफ्लेका अनुसार  धरानका सबै संघसंस्थाहरुलाई कलश यात्रामा सहभागीताको लागि पत्राचार र पहल गरिरहेको बताइन् । 

 पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राई, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले मन्तव्य व्यक्त गर्दै माया घर नेपालले मानवीय सेवामा पुर्याएको योगदानको प्रसंशा गरेका थिए । 
माया घरको ६ कट्ठा जग्गामा आश्रयस्थल बनाइएको छ । संस्थालाई दीर्घकालिनरुपमा व्यवस्थापन गर्न लगभग ४ करोडको भवन स्टेमेट पनि गरिएको छ । माया   घरमा  यसअघि प्रदेश सरकारबाट प्राप्त भएको ३० लाख बजेटबाट माया घरको  कम्पाउण्ड वाल निर्माण सम्पन्न  भएको थियो ।
महायज्ञमा सस्थाकी  अध्यक्ष राधिका दासीले पुराण कथा  वाचन गर्नेछिन् । 
कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न हाल प्रचार प्रसार लाई तिब्र बनाइएको छ । कार्यक्रममा सहभागिहुनका निम्ति सम्पुर्ण  संघ सस्थाका प्रतिनिधि दलगत प्रतिनिधि सामाजिक छेत्रमा आबद्ध सस्थाहरु लगायत सम्पुर्ण धर्मानुरागी  भक्तजन महानुभाब हरुलाई  महापुराणमा समुपस्थित हुन आमन्त्रण गरिएको छ । 
कार्यक्रमको प्रत्यक्ष प्रसारण रास्टिय टेलिभिजन , स्थानिय टेलिभिजन तथा फेसबुक लाइभ मार्फत प्रत्यक्ष रुपमा पनि हेर्न सकिने सस्थाकी आजिबन सदस्य प्याकुरेलले बताइन ।

Views: