d

निसास्सिएर आमाछोराको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दैलेख : दैलेखमा निसास्सिएर आमाछोराको मृत्यु भएको छ। ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजार छेउका ३५ वर्षीया हरिकला बादी र १९ वर्षीय रमेश बादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार उनीहरु  घरभित्रै मृत अवस्थामा फेला परेका हुन्। शुक्रबार बिहान छिमेकी बालिका डोको माग्न पुग्दा ढोका बन्द भएको र घरभित्र धुवाँ मात्र देखेपछि स्थानीयलाई खबर गरेकी थिइन्। 


हरिकलाको खाटमा र रमेशको भुइँमा जलेको अवस्थामा शव फेला परेको बताइएको छ भने शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल ल्याइएको छ।   

Views: