d

युवानेता अधिकारीलाई जिल्ला सदस्य तथा किसान बिभाग इन्चार्जको जिम्मेवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका किसान संगठनका महासचिव जीवन अधिकारीलाई राप्रपा झापा जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको सभापतित्वमा आज शनिबार बसेको नियमित मासिक बैठकले युवा नेता अधिकारीलाई जिल्ला सदस्य सहित जिल्ला किसान बिभाग इन्चार्जको जिम्मेवारी समेत प्रदान गरिएको हो । अधिकारी पार्टी स्थापना देखिनै बिद्यार्थी राजनीतिबाट पार्टीमा सकृय रहदै आएका छन् । पार्टीका भात्री संगठनहरुमा नेतृत्व गर्दै आएका अधिकारी भक्तपुर बसाईको क्रममा झापा जिल्ला कार्यसमितिको पदाधिकारीको रूपमा एक कार्यकाल जिम्मेवारी सम्हाली सकेका छन् भने विगत ४ वर्ष देखि पार्टीको किसान संगठनको केन्द्रिय महासचिवको महत्त्वपूर्ण जिम्मेवारीमा समेत रहेका छन् । किसान संगठन केन्द्रिय अधिवेशनको तयारीमा रहेको पाइएको छ । बिगतमा भक्तपुर जिल्लामा रहेर सकृय राजनीति गर्दै आएका अधिकारी हाल गौरादह ७ स्थित ग्वालडुब्बाका स्थायी वासिन्दा हुन् ।

Views: