d

राप्रपा झापा जिल्ला उपाध्यक्षको जिम्मेवारीमा युवा नेता उप्रेती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ध्रुव उप्रेतीलाई झापा जिल्ला कार्यसमितिको उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। केन्द्रिय सदस्य द्वय अन्जर आलम र अम्बर विष्टको आतिथ्यतामा शनिबार सम्पन्न जिल्ला कार्यसमितिको नियमित बैठकले उप्रेतीलाई  उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । 
युवक संगठनको केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा समेत रहेका उप्रेती 
प्रजातान्त्रिक युवक संगठनको झापा जिल्ला अध्यक्षमा लगातार ३ पटक जिम्मेवारी सम्हालेका छन् । 

२०७० सालमा भएको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट चुनावी प्रतिस्पर्धामा थिए । 

राप्रपाको भर्खरै सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई नेतृत्वमा पुर्याउनको लागि युवा नेता उप्रेतीको भुमिका अविस्मरणीय रहेको झापाली राप्रपा बृत्तमा निकै चर्चा चल्ने गरेको पाइन्छ । 

जिल्ला उपाध्यक्षको जिम्मेवारी प्राप्त गर्ने बित्तिकै नेता उप्रेतीले पार्टी भित्र सलबलाएको अनुशासनहिनताको स्थितिलाई तत्काल नियन्त्रण गर्नुपर्ने र त्यसको जिम्मेवारी आफुले लिन तयार रहेको उद्घोष गरेका छन्

Views: