d

राप्रपा अध्यक्ष लिंगदेन झापामा, बुद्धशान्तिमा बृहत आम सभालाई सम्बोधन गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संघिय सांसद राजेन्द्र लिंगदेन छोटो समयको लागि झापा आइपुगेका छन्।  अध्यक्ष लिंगदेनले झापा बसाइको क्रममा बुद्ध शान्ति गाउँपालिकामा फागुन २५ गते आयोजित आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।   लिंग्देंन झापामा रहदा आकस्मिक रुपमा ठाउँ ठाउँमा आयोजना गरिने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने जिल्ला अध्यक्ष केशब प्रसाद ओझा बताउछन्। 

'व्यस्त शेड्डुलका वापजुत अध्यक्ष ज्यू झापा आउनु भएको हो, यो पटक झापामा वहाँले धेरै समय दिन नसक्ने देखिएको छ।', ओझाले भने।

अध्यक्ष लिंग्देंनले फागुन २६ गते मोरंगको सुन्दर हरैचामा बृहत रुपमा हुने पार्टी प्रवेश सहितको आमसभालाई सम्बोधन गर्ने तथा फागुन २८ गते सुर्खेतमा आयोजना गरिने बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।  

 file photo

Views: