d

चितवनमा प्रचण्ड र ओली समर्थक ५७० युवा राप्रपामा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भरतपुर, २१ फागुन चितवनमा एकै दिनमा झण्डै ६ सय युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । राप्रपा भरतपुर महानगर कमिटिद्वारा आयोजित बृहत नगर भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५ सय ७० युवाहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशी युवाहरुलाई राप्रपा केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले स्वागत गरेका थिए।  नव प्रवेशीहरु अधिकांश माओबादीकेन्द्र, एमाले र नेपाली कांग्रेसबाट राप्रपा प्रवेश गरेको जनाईएको छ।  

अन्य दलहरु राष्ट्रहित विपरितका काममा लागेको भन्दै उनीहरुले राप्रपा प्रवेश गरेको बताएका छन् । भरतपुर महानगर कमिटिका अध्यक्ष दिपक थापा मगरले चितवनमा राप्रपा प्रवेश गर्ने क्रम निकै बढेको बताए । सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री तथा बागमती प्रदेश सांसद रिना गुरुङ, केन्द्रीय सदस्यहरु मिना न्यौपाने, हिक्मत गुरुङ, प्रदेश सदस्य ज्ञानुजंग लामा, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल, जिल्ला उपाध्यक्ष चेतनाथ वाग्ले, जीवलाल पुरी, हिमला गुरुङ, जिल्ला सचिव केशवराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।


राप्रपाको संगठनहरुलार्ई आसन्न स्थानीय तहको चुनावमा सशक्त बनाएर जनभावना अनुसार काम गर्न पाण्डेले कार्यक्रताहरुलाई आग्रह गरेका छन् । नवप्रवेशीलाई राष्ट्रवादी बनेर देश र जनताको हितमा लाग्न अपील समेत गरे।  

Views: