d

१ करोड ५० लाख रकमसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । १ करोड ५० लाख नगदसहित हुन्डी कारोबारी अमित अग्रवाल काठमाडौंको बाफलबाट पक्राउ परेका छन् । उनलाई आइतबार महानगरीय अपराध महाशाखाको टोलीले बाफलबाट पक्राउ गरेको हो ।

भारत फर्मेन्जगन्ज घर भएका ३२ वर्षीय अग्रवाल काठमाडौंको बाफल बस्दै आएका थिए । उनी बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्दै आएका थिए । अग्रवाल अवैध हुन्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले उनलाई आफ्नो कोठाबाट पक्राउ गरेको हो । सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: