d

पूर्वप्रधानपञ्चको स्मृतिमा सार्वजनिक बिदा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखरा । तत्कालीन पोखरा नगरपालिकाका प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरले शोक मनाउने भएको छ। सोमबार महानगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरिएको छ। प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ती जारी गरी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको भन्दै उनको निधनमा १ दिन सार्वजनिक बिदा दिइएको बताए।

शेरचन २०३२ देखि २०३८ सम्म पोखराको प्रधानपञ्च बनेका थिए। त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। शेरचनको आइतबार ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन सञ्चार सहायक मन्त्री थिए।

‘शेरचनको निधनले हामी दुस्खी भएका छौं। इमान्दार र विकाशप्रेमी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको छ,’ शोक विज्ञप्तिमा भनिएको छ, ‘नगर पन्चायतको प्रधानपन्च भएर उहाँले पुर्‍याउनुभएको योगदानलाई पोखरेलीले सम्झिरहने छन्। फागुन २३ गते पोखराका कार्यालयहरु शोक विदाको रुप्मा बन्द रहने ब्यहोरा सबैमा जानकारी गराइन्छ।’

Views: