d

गौरादह ८ बाट एमालेका स्थानिय युवा नेता राप्रपामा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा एमालेले आफुहरु बलियो भएको बताइरहदा  एमाले कायकर्ताहरु राप्रपामा प्रवेश गर्न थालेका छन्।  
गौरादह ८ का एमालेका चर्चित स्थानिय युवा नेता जय बहादुर कटुवाल (जनक) राप्रपामा प्रवेश गरेका हुन्।  कटुवाललाई राप्रपा केन्द्रिय सदस्य अम्बर विष्टले पार्टी प्रवेशको टिकट प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्।  

कटुवाल नेकपा एमालेबाट विजयी भएका पुर्व जनप्रतिनिधि हुन्।  वडा न ८ मा पटक पटक गरेर २ सय बढी स्थानियहरु राप्रपा प्रवेश गरिसकेका र यसै वडाबाट निकट भविष्यमै निकै ठुलो भोल्युममा स्थानियहरु राप्रपा प्रवेशको तयारीमा रहेको बताइएको छ।  

'हामी ७ र ८ न वडामा चुनाव जित्ने तैयारीमा जुटेका छौं, अप्रत्यासित नतिजा निस्कने कुरामा हामी ढुक्क छौं।', राप्रपाका जिल्ला सदस्य तथा किसान बिभाग इन्चार्ज जीवन अधिकारीले पर्दाफास संग भने।  
 

Views: