d

गौरादहका खड्काले बाँधे मोटरसाइकलमा झण्डा  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

झापा: गौरादहमा चुनावको सरगर्मी शुरु भएको छ।  स्थानिय तहमा आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको निर्वाचनमा झापाको पिछडिएको नगरपालिका गौरादहमा समेत राजनीतिक गर्मी भने राम्रै लागेको पाइएको हो।  

वडा न. १ निवासी देवेन्द्र खड्का मोटरसाइकलमा झण्डा बाध्दै यस्तो लेख्छन्, 
No description available.

खड्का राप्रपा क्षत्र न. ५ को क्षेत्रीय सचिव समेत हुन्। राजेन्द्र लिंग्देंनले नेतृत्व लिए पछि उत्साहित भएका खड्का गणत्रन्त्र घोषणा हुने वित्तिकै माओबादीबाट राष्ट्रिय  प्रजातन्त्र पार्टीमा प्रवेश गरेका खड्का जुझारु र आत्मविश्वासी नेताको रुपमा परिचित छन्।।  गत स्थानिय निर्वाचनमा खड्का  १ न. वडामा राप्रपाबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए।  

'गणतन्त्र आएपछि हाम्रो पार्टी निकैनै अप्ठ्यारो अवस्थामा पुग्यो। राजसंस्था, हिन्दुधर्म र संघियताको विरोध गरेर त्यो बेला चुनावमा होमिनु निकैनै चुनौतिपूर्ण अवस्था थियो।  त्यो बेला पनि मैले वडा न. १ बाट सम्मानजनक मतनै प्राप्त गरेको थिएँ।', खड्काको भनाई रहेको छ।  


गत महिना पार्टी अध्यक्ष राजेन्द्र लिंग्देंन गौरादह आएको बेला खड्काकै पहलमा वडा न. १ बाट ४० बढि युवाहरु  राप्रपा प्रवेश गरेका थिए।  
दर्जनौ संघ संस्थामा आवद्द रहेका खड्काको चुनावी अभियानले कस्तो नतिजा दिने हो त्यो भने हेर्न बाँकी नै रहेको छ।  

Views: