d

झापामा एमाले-कांग्रेसको किल्ला भत्काउदै राजेन्द्र लिङ्गदेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: बुद्धशान्ति गाउँपालिकाबाट ४६७ जना स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । राप्रपा बुद्धशान्ति गाउँसमिति द्वारा वडा न. ३ स्थित बुधबारे चोकमा आयोजित आमसभामा कांग्रेस, एमाले र माओबादी पार्टी परित्याग गरि उल्लेख्य संख्यामा स्थानियहरु राप्रपा प्रवेश गरेका हुन् ।  नव प्रवेशीहरुमा कांग्रेस र एमाले र माओबादीका जिम्मेवार कार्यकर्ताहरु समेत रहेको बताइएको छ।  

सोही क्रममा हाम्रो नेपाल हामी नेपाली अभियानका प्रदेश १ को सिंगो कमिटि समेत राप्रपामा समाहित भएको छ । 

नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष राजेन्द्र लिंङ्देन, वाणिज्य बिभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौला, केन्द्रिय प्रवक्ता भक्ति सिटौला, केन्द्रिय सदस्य अम्बर विष्ट लगायतका नेताहरुले नव प्रवेशीलाई स्वागत सम्मान गरेका थिए।

 

हल्दीवारीमा ६७ जनाले रोजे राप्रपा 

यस्तै अध्यक्ष लिंग्देंनको निर्वाचन क्षेत्रमै पर्ने हल्दिवारी गा पा वडा न ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा  नेकपा मावोवादीका वडा अध्यक्ष लगायत विभिन्न पार्टी परित्याग गर्दै ६७ जना राप्रपा प्रवेश गरेका छन्।  

लिङ्गदेनको घरमै पुगेर पार्टी टिका लगाए 

त्यस्तै  गोलधाप स्थित अध्यक्ष लिङ्गदेनको घरमै पुगेर १ दर्जन युवाले राप्रपाको सदस्यता लिएका छन्।  लिंग्देंनको झापा भ्रमणको प्रतीक्षा गरेर बसिरहेका युवाहरुले लिङ्गदेनको घरमै पुगेर पार्टी सदस्यता लिएको बताइएको छ।  

 

बाह्रदशीबाट ४६ जना 

यसैगरी आजै बुधवार बाह्रदशीमा सम्पन्न भएको कार्यक्रममा ४६ जना लाई अध्यक्ष लिंग्देंनले पार्टी प्रवेश गराएका छन्।  

व्यस्तत समयका बिच गृह जिल्ला आइपुगेका लिंग्देनले भोली बिहिवार सुन्दर हरैंचा नगरपालिका स्थित गछिया चोकमा आयोजना गरिने  बृहत पार्टी प्रवेश सहितको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


 

Views: