d

मेचीनगरमा 'एक घर एक राप्रपा अभियान' शुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery


विकास नेपाल 

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर नगर समितिले आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनलाई तिब्र पार्ने भएको छ।  नगरसमितिको आज शुक्रबार बसेको भेलाले विभिन्न निर्णयहरु गर्दै सबै वडामा चुनावी गतिविधि तिब्र पार्ने बताइएको हो।  

भेलाले उम्मदेवार छनौट गर्नु पुर्व हरेक वडामा पार्टीको अवस्था बारे अनुगमन गर्नको लागि कार्यसम्पदान समिति गठन गरेको बताइएको छ।  

यस्तै भेलाले चुनावी अभियानलाई तिब्र पार्न घरदैलो अभियान समेत संचालन गर्ने भएको छ जसमा 'एक घर एक राप्रपा' अभियानलाई तिब्रता साथ अघि बढाउने नगर अध्यक्ष सविना बजगाईंको भनाइ रहेको छ।  

भेलाले आगामी २८ गते वडा न ५ र १५, २९ गते वडा न १ र ४, ३० गते वडा न ९ र १०, १ गते वडा न २ र ३, २ गते युवक र महिला नगर समिति गठनको कार्यक्रम मेची उद्द्योग वाणिज्य संघको हलमा आयोजना हुने बताइएको छ।  त्यसै गरि ३ गते विहिवार वडा न ६ र ७, ५ गते शनिवार वडा न १३ र १४, ६ गते आइतवार वडा न ११ र १२ मा अभियान गर्ने अध्यक्ष बजगाईंले बताउनु भयो।  

Views: