d

मेचीनगरका युवा विकास नेपालले छोडे एमाले 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: मेचीनगर नगरपालिका ८ धुलावारीका युवा विकास नेपालले एमाले परित्याग गरेर राप्रपामा प्रवेश गरेका छन्। सामाजिक अभियन्ता र पत्रकारिता समेत गर्दै आएका एमालेका स्थानिय युवा नेता नेपालले  सामाजिक संजाल फेसबुक मार्फत एमाले परित्याग गरेर राप्रपामा प्रवेश गरेको बताएका हुन्।  नेपाल राजेन्द्र लिंग्देंनले राप्रपाको नेतृत्व लिए संगै आफु उत्साहित भएको बताएका छन्।  उनले कांग्रेस र एमालेमा देश लुट्नेहरुको जमात रहेको दावी गरेका छन्।  उनले राजसंस्था हटाएर लुटतन्त्र हावी भएको भन्दै राजसंस्था पवित्र संस्था भएकोले यसलाई तत्काल स्थापित गर्नुपर्ने आवश्यकता औल्याएका छन्।  

सामाजिक संजाल फेसबुकमा उनले भनेका छन्, 'लामो समय कम्युनिस्ट पार्टीमा बिताइयो, हरेक झुपडीमा पुगेर आश्वासनका वर्षा पनि आफैंले गराइयो । २०४८ मा राजालाई संवैधानिक राजा बनाइयो । ०६२/०६३  तिर राजा हटाउने घमसान लडाइँ पनि लडियो, राजाले म गलत रहेछु भने ठिकै छ नी त गणतन्त्र ल्याउ भनेर नारायणहिटी छोड्दा समेत राजसंस्थाको विरुद्ध अझै राके जुलुस लगाइयो । राष्ट्रपति ल्याइयो । २०७२ मा गणतान्त्रिक संविधान आयो भनेर खुशीले छाती चौडा पारियो । 
तर आज थाहा भयो सबै कुरा भ्रम मात्र रहेछ । हामी आफैं बिदेशी दलालको साथमा हिडेका रहेछौं । कम्युनिस्ट र कांग्रेसमा त देश लुट्नेहरुको जमात रहेछ । आज सम्मका  सबै गल्तीहरुको पश्चाताप गर्दै एकमात्र पवित्र संस्था राजसंस्थाको छत्रछायामा मात्र  देश प्रेम रहेछ, पृथ्वीनारायण शाहको शालिक थुक्नेहरुलाई धिक्कार्दै आज बाट मेरो सम्पूर्ण साथ र समर्थन एक राष्ट्र, राष्ट्रियता र राजसंस्थाको समर्थन गर्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहने कुरा सम्पूर्ण साथीहरुलाई सहर्ष जानकारी गराउदछु । अवको आशा र भरोसाको केन्द्र एकमात्र नेता  राजेन्द्र लिङ्देन।'

Views: