d

आगलागिबाट एक दर्जन घर खरानी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सप्तरी, राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित टेंग्रि टोलमा भएको आगलागिमा एक दर्जन घर खरानी भएको छ ।

स्थानिय डम्बर यादवको घर अगाडी थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जनभन्दा बढी घर नष्ट भएको छ । आगलागिमा लाखौंको क्षति भएको छ ।

आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् । डिएसपी माधवप्रसाद काफ्लेका अनुसार आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादवलगायत १३ परिवारलाई बेघर बनाएको हो ।

आगलागिमा परेका सबै घर फुस र काठबाट बनेका हुन् । आगो आइतबार बिहान ४ बजे मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीका अनुसार आगलागिमा घर, लत्ताकपडा, खाद्यान्न, फर्निचर र ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् । राजविराज, हनुमाननगर र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा प्रहरी र स्थानियको सक्रियतामा बिहान ४ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी काफ्लेले बताए । गर्मीयाम सुरु भएसँगै आगलागि बढ्ने क्रम सुरु भएको छ ।

 

तस्बिर: राजविराज दैनिक 

Views: