d

मेचीनगरमा वाटर पार्क निर्माणको तयारीमा जुटे युवा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्याम अधिकारी 

झापा: मेचीनगर नगरपालिका वडा नं. १० का युवाहरूले वाटर पार्क निर्माण गर्ने तयारी गरेका छन् । मेचीनगरका ४ जना स्थानीय युवाहरु मिलेर मेची नगरमै नमुना मानिने वाटर पार्क निर्माणको तयारी थालिएको बताइएको हो । 

'मेचीनगरमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्न सक्नेगरिको नमूना वाटर पार्क निर्माणको लागि हामी अन्तिम तयारीमा जुटेका छौँ ।', स्थानीय युवा बिकास नेपालले वताए । 

वाटर पार्क निर्माणको लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्ति सम्बन्धि समस्या समाधान हुनेवित्तिकै निर्माण कार्य अगाडी बढाइने तयारीमा आफुहरु रहेको नेपालको भनाई रहेको छ । 


स्थानीय युवाहरू नर बहादुर गिरि (धने भाइ),  महेन्द्र श्रेष्ठ, अबिनास युद्ध मान सिंह श्रेष्ठ र विकास नेपालले पुर्वाधार लगायतको निर्माण कार्यको लागि संयुक्त कम्पनी संचालन गर्नेफरी  प्रक्रिया अगाडी बढाइ सकिएको बताइन्छ । 

हामीले करीब ३० बिघा क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य लिइएको उक्त प्रोजेक्टको लागि केही जग्गा खरिद गर्ने र केही लिजमा लिनेगरि तयारीमा आफुहरु रहेकोे नेपालको भनाइ रहेको छ । file photo 

Views: