d

निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । निजामती कर्मचारीको सबैभन्दा ठूलो संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन् ।

संगठनको हालै काठमाडांैमा सम्पन्न ११आंै राष्ट्रिय महाधिवेशनबाट कोइराला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यो एमाले निकट कर्मचारी संगठन हो ।

यसैगरी संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभाष साह निर्वाचित भएका छन् । संगठनको महासचिवमा जीवन काफ्ले निर्वाचित भएका छन् भने उपमहासचिवमा रामचन्द्र अधिकारी र कृष्ण केसी निर्वाचित भएका छन् । यसैगरी सचिवमा तेजप्रसाद भण्डारी, बामदेव ओली, देवेन्द्र ढकाल, सूर्य कुवँरलगायत निर्वाचित भएको जनाइएको छ ।

Views: