d

मेचीनगरमा दुई हस्ती सहित २५ जनाले रोजे राप्रपा, एमाले र माओबादीलाई धक्का

Views:
Responsive Image Gallery
Responsive Image Gallery


मेचीनगर –  राष्ट्रिय प्रजातान्त्रिक महिला तथा युवा संगठन मेचीनगरकाे दाेस्राे मेचीनगर अधिवेशन धुलाबारीमा सम्पन्न भएको छ । राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रबक्ता भक्ति सिटाैलाकाे प्रमुख आतिथ्यतामा वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमकामा गाेबिन्द बुढाथोकीकाे अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नयाँ कार्यसमिति गठन भएको छ । समितिकाे उपाध्यक्षमा ललित अग्रवाल ,शिव काेइराला,रतिलाल मुण्डा,राजु तामाङ ,सचिव बिनाेद रिमाल ,सहसचिव सन्तोष भट्टराई ,काेषाध्यक्ष अरुण शकर सदस्य तिलक मेची ,सन्तोष धिमाल,भुपाल थापा लगायत रहेका छन् ।  कार्यक्रममा क्षेत्रिय अध्यक्ष अशाेक सुब्बा, युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राई,महिला संगठन नगर अध्यक्ष सुनिता शर्मा ,जिल्ला सदस्यहरुकाे उपस्थिति रहेकाे थियोे ।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गर्दै  लामो समय एमालेको सक्रिय राजनीतिमा रहेकी मेचिनगर ३ की  हिमा चापागाई रिमाल तथा वडा न  ७ निवासी भष्ट्रचारी बिरोधी  अभियान्ता तथा माओबादी द्वारा संचालित तत्कालिन जनयुद्दको घोषणा देखिनै माओबादी राजनीतिमा सक्रिय रहेका   होम प्रसाईं राप्रपा प्रवेश गरेका छन्।    

राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष सबिना बजगाइकाे अध्यक्षतामा भएको कार्यक्रममा दुई दर्जन भन्दा बढी स्थानियहरु विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका थिए ।

Views: