d

राप्रपाले तय गर्‍यो उम्मेदवारको मापदण्ड, कुन जिल्लामा कसलाई खटाइयो कमान्डर?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड बनाएको छ।


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय पदाधिकारीको बैठकले मापदण्ड तय गरेको हो। 


बैठकमा महामन्त्री एमव् निर्वाचन परिचालन समिति संयोजक भुवन पाठकले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित गरेको हो।

उक्त निर्देशिका पारित भएसँगै आगामी निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड पनि तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। 


'स्थानीय निर्वाचनका लागि केन्द्रीय तहमा र प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिनेछ', पार्टी निर्णयबारे श्रेष्ठले भने, 'सबै तहमा गठन हुने निर्वाचन परिचालन समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ।'

उनका अनुसार उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ।

त्यसैगरी, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक काम गरेको, पार्टीद्वारा सञ्चालित विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिवद्धता हुनुपर्ने पनि मापदण्ड छ।

राप्रपाले उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने व्यवस्था गरेको छ।

राप्रपाले वडा तहको उम्मेदवार सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्ने निर्णय लिएको छ।

त्यसैगरी स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि राप्रपाले लिएको छ। यस क्रममा जनजागरण, आफ्नो टोलमा पुगौँ, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन हुने भएका छन्। 

चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा, घरदैलो अभियानको शुभारम्भ गरिने श्रेष्ठले बताए। 

जिल्लाका सदरमुकाममा गरिने शुभारम्भ कार्यक्रम गर्दा साना ठूला आमसभा, कोणसभा अनिवार्य रुपले हुनुपर्ने नियम बनाइएको छ। 

राप्रपाले निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। 

पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु मध्येबाट देहायका व्यक्तिलाई विभिन्न जिल्लाको केन्द्रीय प्रतिनिधि तोकिएको श्रेष्ठले बताए। 

 

Views: