d

आसन्न निर्वाचनमा वाइसियल गौरादह प्रभावकारी भूमिकामा रहने छ - वाइसियल नगर अध्यक्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सरकारले आगामी बैशाख ३० गते स्थानिय निर्वाचनको मिति तोकेको छ।  निर्वाचन नजिकिए संगै स्थानीय स्तरमा को-कहाँ चुनाव लड्ने भेनर दौडधुप चलन थालेको छ।  गौरादहमा पनि आसन्न निर्वाचनको गर्मी राम्रै देखिन थालेको छ।  प्रस्तुत छ यसै विषयमा गौरादह वाइसियल अध्यक्ष धर्म चौहान संग पर्दाफासका सह-सम्पादक पुष्प आर जे संग गरिएको कुराकानीको संपादित अंश:


चुनाव आयो होइन त ?
 
हो हजुर चुनाव लाग्यो

 

तपाइँको पार्टीको तयारी के छ?
भित्री रुपमा तयारी हुँदै छ।  यो पटकको चुनावलाई हामीले विशेष रुपमा लिएका छौं। जसरी भएपनि गौरादहमा देखिएको  राजनीतिक सिन्डिकेट को अन्त्य गर्ने योजना सहित हामी अगाडी बढेका छौं। 

 

राजनीतिक सिन्डिकेट भन्नाले के बुझ्ने?
निर्वाचित जनप्रतिनिधिलाईनै आफ्नु अनुकुल चल्न बाध्य पारेर विकास निर्माणका हरेक क्रियाकलापमा हस्तक्षेप गर्ने, हरेक स्थानमा कार्यकर्ता आफु अनुकुलको कायकर्ता भर्तिकेन्द्र बनाउने, डाडु पुन्यु आफ्नो हातमा भन्दैमा बजेटको जथाभावी दुरुपयोग गर्ने, गौरादह नगरलाई आएको बजेट  अन्यत्र पठाउने लगायतका धेरै कुराहरु यसमा पर्दछन्।  

जस्तै ?

धेरै छन् नी !! सबैले देख्ने ठाउँमा रहेको गौरादहको पोखरीलाई हेर्नु न!! ऐना जस्तो छर्लंग देखिदैन र ? 

 

पोखरीलाई त गौरादहको पहिचानको रुपमा लिईन्छ त?

२०४६ साल देखि लगातार यहि भनिदैछ।  कतिपटक डि पी आर गराइएयो ? कति पटक बजेट खन्याइयो ? लेखाजोखा छ ? अर्को कुरा २  महिना पहिले बनाएका पिचसडकहरु खण्डहर रुपमा परिणत छन्। जनताले तिरेको कर को दुरुपयोग हेर्न गौरादह भ्रमण गरे पुग्छ।

   

सरकारमा त तपाईंहरुनै हुनुहुन्छ नी ?

हो हामी संघिय सरकारमा छौं।  तर गौरादहको  स्थानीय सरकारमा हाम्रो प्रतिनिधित्व छैन।

 

गौरादहमा भ्रस्टाचारका धेरै काण्डै काण्ड भए भनिन्छ तर वाइसियलले भ्रस्टाचार विरुद्दको अभियान चलाउन नसकेको आरोप छ नी ?
त्यस्तो विल्कुल होइन, हामीले भ्रस्टाचारजन्य अपराधको पटक पटक खुलेर विरोध गरेका छौं।  चामल काण्डमा हामीलेनै पहिलो पटक नगरपालिकालाई सत्यतथ्य छानविन गर्न ज्ञापन पत्र दिएका थियौं।  मेयर साव सग यो विषयमा पटक पटक कुरा गर्दा पनि त्यो विषयमा वहाँहरु चुपचाप बस्नु भयो।  पछि जव नगरवासीले चामल गाडिएको बारेमा तिब्र आक्रोश पोखेर नगरपालिका कार्यालय घेराउ गरे त्यो बेला मात्र वहाँहरुले गलत गरेको महशुस गर्नुभयो।  

 

अव चामल काण्ड सेलाएकै हो ?

सेलाएको छैन, यो विषय चुनावमा फेरी पनि उठाईन्छ।  हामीले नगरपालिकामा नेतृत्व गरेपछि हेर्दै जानुहोला। 

 

चुनावमा जित्ने आधार के छ ?
हामी गठबन्धन आवद्द दलहरु मिलेर चुनावमा लड्दै छौं।  हाम्रो जित सुनिस्चित छ।  

तपाईंहरुको मेयरको उम्मदेवार को हो ?
अहिले सम्म निश्चित छैन।  कांग्रेस संग छलफल चल्दै छ अनि मात्र टुंगो लाग्छ।  

कांग्रेसले मेयर नछाड्ने कुरा गर्यो भने के गर्नुहुन्छ ?

त्यो अवस्था आए उपमेयर र वार्ड अध्यक्षमा हाम्रो दावी रहन्छ।  यो सबै विषयमा पार्टीको नगर कमिटिले भूमिका खेल्ने नै छ।  पार्टीको निर्णयलाई आत्मसात गरेर हामी अघि बढ्छौं।  

एमसीसीको विरुद्द तपाईंहरुले सडक आन्दोलन चर्काउनु भयो।  तर तपाईंहरुकै नेतृत्वको पार्टी सरकारमा रहदा एमसीसी पास गराइयो। एमसीसीको कारण माओबादीलाई विश्वास गर्ने आधार गुमेको जस्तो देखिदैन र ?

हो हामीले एमसीसीको विरुद्द सडकमा आगो बालेकै हो।  पछि व्याख्यात्मक टिप्पणी भनेर संसदबाट पास गराइयो।  हाम्रो असहमती रहदा रहदै पनि एमसीसी पास गराउनु दुर्भाग्यपूर्ण नै मान्नु पर्छ।  

 

तपाईं त माओबादी मिलिसिया भएर पनि काम गर्नु भएको व्यक्ति हो।  नेकपा माओबादी पार्टीले तपाईंहरुको कुरा नसुनेकै हो त ?

विडम्वना साथ भन्नुपर्दा हिजो हामीले जसको विरुद्द सशस्त्र द्वन्द चर्कायों आज त्यहि सक्ति संग हामीले मिलेर गणतत्र बचाउनु परेको छ।  पूर्ण बहुमतको सरकार हामी एक्लैले बनाउन नसकेकै कारण अहिलेको परिस्थिति आएको हो भन्ने मलाई लाग्छ।  पार्टीले हाम्रो कुरा नसुनेको हो भन्न मिल्दैन।  सुनेकै छ।  तर पनि हामीले चाहे जस्तो व्यस्वस्था संसदीय पद्दतीबाट प्राप्त नहुने रहेछ भन्ने चाहीं राम्रै जानकारी मिलेको छ।  

 

निर्वाचनमा तपाईंले के मा उम्द्मेवारी दिने सोच बनाउनु भएको छ ?
यो पटक मैले उम्मदेवारी दिने सम्भावना छैन।  पार्टीले कसलाई उठाउछ वहाँहरुलाई विजयी हुनको लागि हामीले स्ट्राटेजी बनाउने हो।  अर्को स्थानिय निर्वाचनमा चाहीं म वडा न ३ को वडाध्यक्षको उम्मदेवारीको लागि आफुलाई तयार गर्ने छु।  

 

आसन्न निर्वाचनमा जित्ने अधार के छ ?

यहाँको मुख्य प्रतिस्त्पर्धा कांग्रेस र एमाले संगनै हुने हो।  तसर्थ कांग्रेस संग समीकरण हुनेवित्तिकै अन्य दलको केहि होड चल्दैन। 

एमाले र राप्रपा एकठाउँ मिलेर चुनाव लडे भने ?

राप्रपा संग हाम्रो कुरा भईराख्या छ।  गौरादहमा राप्रपाको संगठन पनि बलियो बन्दै गएको देखिन्छः।  वहाँहरु संग सहकार्य गरेरै जान सकेमा अझ राम्रो हुने थियो भन्ने हो।    

 

चुनाबमा हुने फजुल खर्च लगायतको  विकृतिहरु सर्व स्वीकार्य हुन थालिसकेको छ, यसमा तपाईंको भनाइ के छ ? 

जसरी भए पनि चुनाव जित्ने मनसाय बोकेका राजनीतिक दल र उनीहरुका उम्मेदवारहरुले गर्ने गलत प्रवृत्ती विरुद्द वाइसियल गौरादह प्रष्ट छ।  जनतालाई झुक्क्याएर मत लिने प्रयासको विरुद्द हिजो पनि हामीले प्रतिवाद गरेकै हो र  यो पटकको निर्वाचनमा पनि  हामी यो कुराको सशक्त प्रतिवाद गर्ने छौं।  जाँड रक्सी र पैसा खुवाएर यदि कसैले निर्वाचन जित्न कोसिस गर्दैछ भने त्यसको खिलापमा गौरादह वासियल उत्रने छ। यसको लागि हामी दैनिक रुपमा डे एण्ड नाइट गरेर नगर भरि हामी  ड्युटीमै खट्ने छौं।  मासुको पोको बाँढ्ने, रक्सीको बोतल दिएर झुक्याउने, पैसाको थैली लिएर भोट किन्न जानेहरु माथि हाम्रो नजर रहने छ।  
      
तपाईंहरु गठबन्धनबादी दलहरुको सहयोगमा चुनाव गर्ने भन्नु हुन्छ तर राष्ट्रिय राजिनितिलाई हेर्दा त्यो अवस्था त देखिदैन नी?
राष्ट्रिय राजनीतिमा के हुन्छ त्यो भोलिको कुरा हो तर गौरादहको राजनीति अलग प्रकारले अगाडी बढेको छ।  कांग्रेस, समाजवादी लगायतका दल संग हाम्रो पार्टी पंक्तीले वारम्वार संवाद गरिरहेको छ।  गौरादहमा हामी समिकरण गरेरै अगाडी बढ्छौं भन्ने कुरामा म सम्पूर्ण नगरवासीलाई ढुक्क रहन आग्रह गर्दछु।  

अन्य दलहरु निर्वाचनमुखी कार्यक्रमा व्यस्त हुन थालिसकेका छन् तर माओबादी केन्द्रको चुनावी अभियानले खासै तिब्रता लिएको देखिदैन नी ?
होइन, हामी भित्रीरुपमा तिब्र तयारी गरिरहेका छौं।  बाहिर गरिने आमसभा र मतदाता भेटघाट कार्यक्रमहरु पार्टीले तत्कालै घोषणा गर्दैछ।

 

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

वाइसियल नेपालको गौरादह नगर कमिटिको तर्फबाट यस लोकप्रिय मिडिया पर्दाफासमा आफ्नो विचार राख्न दिनु भएकोमा तपाईं लगायत सम्पूर्ण पर्दाफास टिम प्रति आभार व्यक्त गर्दछु।  आउंदै गरेको स्थानिय निर्वाचनमा उपयुक्त उम्मदेवार छानेर आफ्नो अमुल्य मतदान गर्नु होला।  रंगहरुको पर्व होलीको सबैमा शुभकामना ।  

Views: