d

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति एमालेको आपत्ति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ मा जनप्रतिनिधिले उम्मेदवार बन्ने भएमा मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने व्यवस्था छ । यो आचारसंहितामा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ? भनि प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले चुनावअघि राजीनामा दिनु नपर्ने तर गाउँपालिका अध्यक्ष वा मेयरले सेवा नै प्रभावित हुने गरी किन राजीनामा दिनुपर्ने भन्ने उनको  प्रश्न छ । पदको दुरूपयोग नहोस् भनेर सोच्नुपर्ने तर सेवा नै रोक्ने गरी आचारसंहिता बनाउन उचित नहुने पनि उनको भनाई रहेको छ ।

साथै एमालेले निर्वाचन आयोगलाई स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाप्रति ध्यानाकर्षण गराएको छ ।

Views: