d

गर्मि बढे सँगै भक्काको ब्यापार घट्यो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मात्रिका पौडेल,दमक 

पुर्बी नेपालका तराईका जिल्लाहरुमा आदिबासी समुदायको  बिशेष परिकार हो, भक्का।  भक्कालाई आदिबासी समुदायले खाजाको  रुपमा लिने गर्दछन। भक्का चामलको पिठो लाई पानीको बाफमा पकाइन्छ ।

No description available.

 

 यो परिकार पुर्बी तराईका झापा,मोरंग,सुनसरी जिल्लाका जुनसुकै समुदायले बिहान-बेलुकाको खाजाको रूपमाखाने गर्छन । जाडो याममा फस्टाउने भक्काको ब्यापार गर्मि बढे सँगै  घट्न थालेको छ । बिशेष गरि मंसिर, पुस, र माघ महिनामा  भक्काको ब्यापार बढी हुन्छ।  तर गर्मि सिजन सुरु भए सगै यसको ब्यापार आधा घटेको लामो समयदेखि दमकमा भक्काको व्यापार गर्दै आउनु भएकी अग्नि देबी राजबंशी बताउछिन। उनि दमकको गणतन्त्रचोक पूर्व पट्टि यो व्यावसाय गर्दै आएकी छिन। उनि भन्छिन "जाडो महिनामा दैनिक पाच हजार आम्दानी  हुन्थ्यो तर अहिले दैनिक पाच सय मात्र हुन्छ"। गर्मि सुरु भए सगै यसको  दैनिक ब्यापार घट्दो क्रममा रहेको छ। दैनिक बिहान बेलुका घर गुजारा चलाउन सहज भईरहेको थियो तर भक्काको सिजन सकिदै गएकाले यसको व्यापार  घटिरहेको अर्की दमककै भक्का व्यवसायी रम्भा राजबंशी बताउछिन। आदिबासी समुदायले बनाउने भक्का पछिल्लो समय पुर्बी तराईका जिल्ला सँगसँगै पहाडी भेगमा पनि बनाइने गरिन्छ ।

 

No description available.

Views: