d

गौरादह ८: वडा कार्यालय भवन निर्माण हुनेवित्तिकै चर्किन शुरु, चर्केको छत छेक्न फलामे छानो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह नगरपालिका ८ नम्बर वडाको वडा कार्यालय भवन निर्माण मा कमसल सामाग्री प्रयोग गरिदा छत चुहिने भएको छ। भवन निर्माण कार्य सम्पन्न हुने वित्तिकै छत बाट पानी रसाएको तथा वालहरु चर्किएको पाइएको हो ।

करिब १ करोड ४ लाखको लागतमा निर्माण भएको १ तले भवन रंग रोगन गरिए पनि छतबाट पानी रसाउदा पलस्टर उक्किएको प्रस्ट देख्न सकिन्छ।

 

आर्थिक बर्ष २०७५/७६ मा नेपाल सरकारको लगानीमा ६ कोठे भवन निर्माण सुरु भएको थियोे। करोड माथिको लगानीमा उपभोक्त समिति मार्फत ठेक्का लागि भवन निर्माण कार्य सुरु गरियो। भवनलाई २ चरणमा निर्माण कार्य गरियो। भवन निर्माण सम्पन्न भएपछि नगरिकहरु सुरुवाती चरणमा हर्सित भएका थिए। बर्सात सुरु भएपछि पानी पर्दा छत बाट पानी बाहिर गएन। बर्षातको पानी भवनको मध्य भागको अगाडि पट्टी छतमा जम्मा भई कोठा भित्र रसाउन थाल्यो। सो भवनको प्यासेज र सचिव बस्दै अाएको कोठाको दिवालको प्लस्टर  चर्किएको छ। भवनलाई पर बाट झट्ट हेर्दा अाकर्सक देखिएपनि निर्माण कार्य कमसल भएको देखिन्छ। जनप्रतिनिधिको मातहतमा उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न भए पनि भवनको दिवाल र छत लाई हेर्दा निर्माण कार्यमा चरमा लापरबाही भई अार्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ।

    जनप्रतिनिधिले भवन निर्माण कार्य कमसल भएको ढाकछोप गर्न छतको माथि ट्रस्टको छानो लगाउन कार्य भईरहेको छ। वडा नम्बर ८ को अा ब ७७/७८ को वडा सिलिङ बजेटमा ट्रस्ट लगाउनका लागि कुनै बजेट बिनियोजन भएको देखिदैन। वडा कार्यलयकाे माथि ट्रष्ट लगाउने बजेटका बिषयमा वडाध्यक्ष सँग बुझ्दा वडा कार्यालय भवन निर्माणकार्य सम्पन्न हुदा बचेकाे पैसाले ट्रष्ट लगाइएकाे बताउछन्। भवन निर्माण गर्दा उपभोक्ता समितिले इस्टमेट अनुसारकाे सामाग्री प्रयाेग नगरी कमसल सामग्री प्रयाेग गरि पैसा बचाउन खाेजेकाे वडाध्यक्षकाे भनाईबाट प्रस्ट हुन्छ।

जनप्रतिनिधि निर्वाचित भएपछि नागरिकलाई सहज रुपमा सेवा दिन सबै वडामा वडा कार्यलय स्थापना गरिएको थियोे। वडा नम्बर ८ को वडा कार्यालयको आफ्नै भवन नहुदा वडा नम्बर ८ वडा अध्यक्ष भुमिराज पोख्रेलको घरको दोस्रो तला भाडामा लिई वडा कार्यालय संन्चालन हुदै आएको थियो। जनप्रतिनिधिको पहलमा वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी स्व. डोलमणि जोशीका नाममा रहेको ५ कठ्ठा जग्गा उनका छोराले निशुल्क जग्गा दान गरेका थिए।

 
जनताबाट निर्वाचित भएका जनप्रतिनिधिबाट समेत भवन निर्माणकार्य गर्दा उपभोक्ता समिति मार्फत  भ्रष्टाचार हुन्छ भने जनताकाे काममा सहज र इमानदारीता हुन्छ भन्नेमा प्रश्न चिन्न लागेकाे छ।

No description available.

 

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 

यो समाचारको फलोअप पुन: प्रकाशन गरिने छ।

Views: