d

प्रशिक्षण कार्यक्रम सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गणेश दाहाल 

झापा: राष्ट्रिय युवा संघ नेपाल गौरादह नगर कमिटीको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनमा आवद्ध युवाहरूलाई वर्तमान राजनीतिक परिस्थिति बारे सचेतना गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको हो। 


नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल का साथै नेकपा एमाले आवद्ध विभिन्न तहका  नेता कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।  

कार्यक्रममा धारणा राख्दै अध्यक्ष कार्कीले  युवाशिल युवाहरू राष्ट्र निर्माणको अभियानमा संलग्न गराउनु आजको आवस्यकता रहेको बताए । युवा जोस जागरलाई सहि बाटोमा ल्याउनुनै आजको  प्रमुख कर्तव्य भएको औल्याए। 

कार्यक्रममा एमाले नगर अध्यक्ष मित्रदेव काफ्ले, महिला नेत्री शारदा पराजुली, वडा नं. १ वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा सदस्य देवीमाया श्रेष्ठ, तथा जीवन कार्कीले मन्तब्य प्रस्तुत गरेका थिए । 

युवा नेता दुर्गा गौतमले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा नगर अध्यक्ष विपिन ओझाको सभापतित्व तथा कार्यक्रमको सन्चालन नगर सचिब केवल कट्वालले सन्चालन गरेका थिए ।

Views: