d

गौरादहमा महोत्सवको तयारी द्रुत गतिमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादहमा झापाली युनिटी क्लबको आयोजनामा महोत्सव सन्चालन हुने भएको छ । झापाली युनिटी क्लबको आयोजनामा आगामी चैत ७ गते देखि २२ गते सम्म गौरादह डिपुचोक स्थित सिनेमा हल पछाडी रहेको खुल्ला जमिनमा महोत्सव आयोजना गरिने बताइएको हो । 

१६ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नियमित प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । 

'राष्ट्रिय कलाकारहरु मेलिना राई, ज्योति मगर, डम्बर नेपाली तथा नेपाल आइडल राम लिम्बु आदि कलाकार संग समन्वय भइसकेको छ। अन्य कलाकारहरुलाई गौरादहमा ल्याउने कुराको लागि छलफल भइरहेको छ ।', संचालक समितिका सदस्य सुदिप फागोले बताए । 

रोटे पिङ र बच्चाका खेल सामाग्रीहरु सहित स्थानीय परिकारहरुलाई समेत प्राथमिकतामा राखेर महोत्सव संचालन गरिने फागो बताउछन्  । 

'हामी गौरादहमा यो पटक एउटा अलग्गै पहिचान झल्काउने गरिको महोत्सव संचालन गर्ने तयारीमा जुटेका छौँ । स्थानीय स्तर बाट सबै खाले सहयोगको अपेक्षा राखेका छौँ ।', संचालन समितिकै अर्का सदस्य देवेन्द्र बस्नेतले भने ।

Views: