d

लेटाङ प्रकरण : घाइते महिला प्रहरी श्रेष्ठको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, चैत ६ । लेटाङमा यौन दुव्र्यवहारका ओपरी शिक्षकलाई पक्राउ गर्न जाँदा आक्रमणमा परेकी महिला प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी गण रानी विराटनगरकी महिला प्रहरी उर्मिला श्रेष्ठ रहेको प्रहरी स्रोतले जनाएको छ ।


खोटाङ स्थायी घर भएकी उनलाई आक्रमण पछी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जीसीले जानकारी दिए । मृतक प्रहरीको घाँटीमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको थियो ।

लेटाङ– ५का वडाध्यक्ष भुमसूर्य मगरका अनुसार शुक्रबार शिक्षक मनोज पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेका थिए । आइतबार विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेपछि स्कुल पुगेका वडाध्यक्ष स्वयम्ले शिक्षक पौडेललाई पक्राउ गर्नका लागि प्रहरीलाई बोलाएका थिए ।

तर, विद्यार्थी र स्कुलमा जम्मा भएको भिडले शिक्षकलाई लैजान नदिएपछि दिनभर स्कुल तनावग्रस्त बनेको थियो । स्थीति नियन्त्रण गर्न प्रहरीले दजनौं राउण्ड अश्रू ग्यास प्रहार गरेको थियो ।

आक्रोशित भिडले शिक्षक व्यवस्थापन समितिका सदस्य र प्रहरीमाथि आक्रमण गरेका थिए । दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न नसकेपछि, राति प्रहरीले नियन्त्रणमा लिएर जाँदै गर्दा प्रहरीमाथि बाटोमा आक्रमण भएको वडाध्यक्ष बताउँछन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो । स्थीति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।

बजार दैनिक बाट।  

Views: