d

शिव सेना कपिलवस्तु अध्यक्ष ढुङ्गाना सहित सिंगो टिम राप्रपामा समाहित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शिव सेना कपिलबस्तु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ । शिव सेनाका जिल्ला अध्यक्ष भिष्म ढुङ्गाना सहित सम्पुर्ण टिम राप्रपामा समाहित भएको राप्रपाका ेकनिद्य्य सदस्य धुर्व रायमाझीले जानकारी दिए । राप्रपा कपिलवस्तुले गत बैठकबाट समान बिचार लिएका समुहसंग वार्ता गर्न राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिको संयोजकत्वमा ५ सदस्यीय वाता समिति गठन गरेको थियो । सोहि समिति र जिल्ला अध्यक्ष ढुङ्गानाबीच विभिन्न चरणमा भएको छलफलपछि राप्रपामा समायोजन भएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गदै पार्टिका केन्दिय सदस्य तथा बार्ता समितिका संयोजक ध्रुब रायमाझिले पार्टिको गत महाधिवेशनपछि नेतृत्व र पार्टीप्रति आम मानिसमा आशा जागेको बताए । केन्द्रिय सदस्य रायमाझिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरहको कसम खाएकोले आफुले पार्टि कार्यकर्ता र जनता लाई कहिले धोका नदिने प्रतिबद्धता जनाएकोले समान बिचार लिएर हिडने सम्पुर्ण समुह ब्यक्तिलाई राप्रपाको मुल प्रबाह आई अब हुने आन्दोलन र चुनाब माध्यमबाट पार्टीको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली कांग्रेस बिपि अन्य समुहसंग पनि छिटै पार्टि एकता हुने र कपिलबस्तुमा पुरानै अबस्थामा पार्टिलाई फर्काउने उद्धघोष गरे ।

उक्त कार्यक्रममा शिव सेनाका जिल्ला अध्यक्ष भिष्म ढुङ्गानाले समान बिचार लिएर सानो सानो समुहमा बसेर उद्देश्य प्राप्ति नहुने र अहिलेको राप्रपाको नेतृत्व प्रति विश्वास जागेकाले राप्रपामा समाहित भएको प्रष्ट पारे । राप्रपाका जिल्ला अध्यक्ष नारायण सिंहले समायोजन भएपछि सबै समान भएको र कसैलाई पनि पक्षपात नहुने बिश्वास दिलाउदै अन्यलाई पनि यो अभियानमा जोडिन आग्रह गरे ।

 https://lumbinidarpanonline.com/ बाट 

Views: