d

आदिवासी जनजाति महिला महासंघ प्रदेश १ अध्यक्षमा राई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक ,चैत ७ 
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ १ न.प्रदेश समन्वय परिषदको प्रथम अधिवेशनले आज नयाँ नेतृत्व चयन गरेको छ ।
 विर्तामोडमा भएको आदिवासी जनजाति महिला महासंघको प्रथम अधिवेशनले मात्रृका राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको १ न.प्रदेश समन्वय परिषदको उपाध्यक्षमा आसा कुमारी सरदार,सचिव अनिता राजवंशी ,सहसचिव रेखा भुजेल र कोषध्यक्षमा नुुमा मेचेलाई सर्व सम्मत चयन गरेको महासंघको पूर्व उपाध्यक्ष सनम कोच राजवंशीले जानकारी गराए ।

 राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्दीय उपाध्यक्ष लखी गणेशको प्रमुख आतिथ्यमा भएको अधिवेशनले कार्य समिति सदस्यहरु शान्ता तामाङ,चन्द्रा धिमाल ,अन्जु उराउँ र प्रभा ताजपुरिया सर्वसम्मत चयन भएको महिला महासंघले जनाएको छ । संस्थाको निर्वतमान अध्यक्ष टिका सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा १ न. प्रदेशको प्रदेश सभासद सञ्जा दनुवारले आदिवासी जनजाति महिलाहरु एक भएर आफनो हक अधिकार मागेर होइन खोसेर लिनु पर्ने बताए।  

अधिकार कसैले पनि घरमा ल्याए नदिने हुदा सम्वन्धि निकायमा गएर खबरदारी गर्नु पर्ने सभासद दनुवारले बताए । आदिवासी जनजाती महिला मञ्च १ न. प्रदेश अध्यक्ष माया राई , संस्थाको झापा जिल्ला अध्यक्ष माया गुरुङ लगायतले अधिकार पाइएन भनेर विलौना गर्नु भन्दा सबै मिलेर सघर्ष गर्नु पर्नेमा जोड् दिएका थिए । अधिवेशनमा २१ जातीय संस्थाको प्रतिनिधित्व रहेको केन्दीय उपाध्यक्ष लखी गणेशले जानकारी दिए।  

Views: