d

गौरादह ६ मा अर्जुन बाबु पाण्डे सहित २६ जनाले रोजे राप्रपा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका वडा न ६ बाट अर्जुन बाबु पाण्डे सहित २६ जना स्थानीयहरु राप्रपामा प्रवेश गरेका छन्।  विगतमा १२ वर्ष सम्म एमालेमा रही पछिल्लो समय सशस्त्र जनयुद्द चलाएको माओबादीलाई विश्वास गरेर निकै लामो समय माओबादीमा समेत रहेका पाण्डेले आज स्वतस्फुर्त रुपमा राप्रपा प्रवेश गरेका हुन्।  

राप्रपाको टिकट लिंदै पाण्डेले भने, 'कांग्रेस, एमाले र माओबादी बाट जनता वाक्क दिक्क भइसकेका छन्, अवको एकमात्र विकल्प राप्रपा मात्र हो।'

राप्रपाको चुनावी प्रसारप्रसारको सिलसिलामा दामुना बजार पुगेका राप्रपा नगर उपाध्यक्ष डि पी भट्टराईले भने, 'नारा बहादुर कार्की सर र म दामुनामा राजनीतिक चहलपहल के कस्तो रहेछ भनेर बुझ्न पुगेका थियौं।  गाउँ घरमा राप्रपाको छुट्टै क्रेज रहेछ। पाण्डे जी सहित वडा न ६ बाट २५/२६ जना आजै  राप्रपाको टिकट लिनु भएको छ।'

अधिकांश युवाहरु राप्रपा प्रवेश गर्न आतुर रहेको आफुहरुले पाएको भट्टराई बताउछन्।  
 
कतिपय युवाहरु राजेन्द्र लिंग्देनकै हात बाट अविर लगाएर पार्टी प्रवेश गर्न इच्छुक रहेको समेत आफुहरुले पाएको भट्टराईले बताए।  

 

Views: