d

नेबि संघ तरुण  द्वारा गिरिजा बाबुको १२ औं  स्मृतिमा  झापामा दिप प्रज्ज्वलन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युवराज रेग्मी 
चैत्र ७ , झापा/ 
नेपाली राजनितीका सिखर पुरुष  नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको आज १२ औं स्मृति दिवस हो । 
वि. सं. १९८१ असार १८ गते जन्मिएका कोइरालाको वि. सं ०६६ चैत्र ७ मा आजकै दिन निधन भएको थियो ।

नेपालको राजनितीक इतिहासमा उनको महत्वपूर्ण योगदान रहेको छ । विभिन्न समयमा नेपालको ५ पटक सम्म प्रधानमन्त्री बन्न सफल  कोइराला जुनसुकै राजनितीक समस्यालाई पनि चतुर कार्यशैली अपनाएर हल गर्नसक्ने उनको खुबी थियो ।
 उनकै अगुवाईमा ०६२, ०६३ को जनआन्दोलन सफल भएको थियो भने १० वर्षे माओवादी जनयुद्धको पनि अन्त्य भएको थियो ।
 अर्थात नेपालमा चर्किएको माओबादी द्वन्द लाई बृस्तित शान्ती सम्झौता मार्फत माओवादी लाई  राजनीतिक सम्झौता गराइ   चर्किएको द्वन्द्व अन्त्य गराएका थिए ।
त्यसैले नेपाली राजनितिमा अहिले पनि उनको अभाव बेला बेला  खड्कीरहेको आभास हुन्छ । 
यस्तै यस्तै महत्त्वपूर्ण इतिहास बोकेका सिखर पुरुषको देहअबसान भएको दिनको सम्झनामा झापाको गौरादहमा नेपाल तरुण दल र नेपाल बिध्यार्थी संघको आयोजनामा गिरिजा प्रसाद कोइराला प्रती स्मृति सभा तथा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नेपाल बिध्यार्थी संघ गौरादह कृषि क्याम्पस एकाइ समितीका बिध्यार्थी तथा नेपाल तरुण दल सम्बद्द प्रतिनिधि सुरज खड्काको अगुवाइमा दिप कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका युबा नेता रबिन ढुंगाना , त्यसै गरि अर्का नेता ज्ञानेन्द्र खत्री लगायतले श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्दै सिखर पुरुष गिरिजाप्रसाद कोइरालाको योगदान माथि समिक्षा गरेका थिए ।
समापन कार्यक्रममा सहभागी नेताहरुले नेपाली काङ्ग्रेस जिन्दाबाद गिरिजा प्रसाद कोइराला अम्मर रहुन भन्दै  गिरिजा गरिमा माथी सम्मानजनक नारा लगाएका थिए ।

Views: