d

चीन विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु भएको आशंका

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 तस्बिरः इन्डिया टि भी
चीनको ग्वाङ्सी क्षेत्रमा सोमबार चाइना इस्टर्नको विमान बोइङ ७३७–८०० दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यद्यपि दुर्घटनामा भएको क्षतिबारे भने आधिकारिक पुष्टि भएको छैन।

साउथ चाइना मर्निङ पोस्टका अनुसार विमानमा १३२ जना यात्रु सवार थिए। विमान दुर्घटना भएपछि पहाडमा धुवाको मुस्लो देखिएको थियो।

विमान दुर्घटना भएको सात घण्टासम्म पनि कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन। विमानमा १२३ यात्रु तथा ९ जना चालक दलका सदस्य रहेको बताइएको छ।

विमानले स्थानीय समयअनुसार दिउँसो १ः१० बजे युनान प्रान्तको कुनमिङबाट उडान भरेको थियो। उडान भरेको केहीबेरमा विमान सम्पर्कविहीन भएको थियो।

Views: