d

देश बचाउने भए कांग्रेस, एमाले, माओवादीसँग सम्बन्ध बिच्छेद गर्नुहोस्: राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

“यो देश बचाउने भए कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूसँग डिभोर्स गर्न जरुरी छ । भोट दिने कुरा छोरी दिने भन्दा पनि महत्वपूर्ण हो,” उनले भने, “दलहरू खाने बेलामा, विदेशीको पाउ पर्ने बेलामा एकै ठाउँमा छन् । एमसीसीको विषयमा पनि एउटा टालो लगाएर लाज छोप्दै गए भने ।”

लिङ्देनले अहिलेका राजनीतिक दलहरूको सोचाइ दास प्रवृत्तिको भएको पभन्दै यस्ता पार्टीबाट देश नबन्ने बताए । उनले आउँदो चुनावबाट राप्रपाले जितेको स्थानीय तहमा १२ कक्षासम्म शिक्षा निशुल्क शिक्षा प्रदान गरिने पनि बताए । यस्तै जितेको स्थानीय तहमा जनताले अस्पतालको मुख देख्न नपाएर ज्यान गुमाउनु नपर्ने उनले दाबी गरे ।

Views: