d

`धर्मदेवीमा सुर्य पौडेल मेयरका दावेदार 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमाले धर्मदेवी  नगर कमिटीका अध्यक्ष सुर्य पौडेलले आसन्न स्थानिय निर्वाचनमा मेयर पदमा उम्मेद्वारीको दावी प्रस्तुत गर्ने  भए संगै धर्मदेवीमा निकै ठुलो तरंग ल्याएको छ।  धर्मदेवीका स्थापित व्यवासायी समेत रहेका पौडेलले उम्मदेवारी दिने चर्चाले एमालेमा मात्र होइन अन्य दलमा समेत राम्रै चर्चा पाएको छ।     स्थानीय नेता कार्यकर्ता र अन्य पार्टीका मतदाता संग समेत निकै राम्रो छाप छोड्न सफल रहेका पौडेलको मेयर पदमा उम्मदेवारी दिने चर्चाले निकै ठुलो तरङ्ग ल्याएको उनि निकट स्थानिय नेता कार्यकर्ताको बुझाई रहेको पाइन्छ।  
  
योगेश भट्टराई,  राजेन्द्र गौतम र तुलसी न्यौपाने लगायत नेता संग निकट मानिएका पौडेल   धर्मदेवी नगरपालिकालाई एउटा सुन्दर नगरपालिका बनाउने आफु संग योजना रहेको बताउछन्।    जटिल बिरामी पर्दा सदरमुकाम धरान बिराटनगर जानू पर्ने बाध्यतालाई मध्य नजर गर्दै सुविधा सम्पन्न अस्पताल बनाउने कार्यमा सबै भन्दा पहिले पहल कदमी गर्ने बताउने  पौडेल  ग्रामिण सडक र बिद्द्यालयहरु सुधार गर्ने योजनाहरु लिएर अगाडी बढ्ने बताउछन्।   
गत निर्वाचनमा नेपाली कांग्रेसका रमेस कुमार जिमी मेयर पदमा विजयी विजयी भएका थिए।   मेयर पद गुमाएको भएपनि नगर कार्यपालिकामा एमालेकै बहुमत रहेको बताइन्छ।  

Views: