d

 सीमित नेताको चक्रव्यूह तोड्नु जरुरी छ : राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१० चैत, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने टिप्पणी गरेका छन् ।

बिहीबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती पार्टीलाई मत दिनु गल्ती हुने बताए ।

‘३१ बर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सीमित नेताको चक्रव्यूहमा देशसँगै हामी पनि फसेका छौं,’ उनले भने, ‘अबको चुनावमा पनि तिनै दलहरुलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’

कांग्रेस, एमाले, माओवादीलगायतका दलले देशलाई भिख माग्ने बनाएको भन्दै उनले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्नु गलत भएको तर्क गरे ।


सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गरेका थिए । file photo

Views: