d

पाँच दिन विद्यालय बन्द हुने  (सूचनासहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

डडेल्धुराको परशुराम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने भएको छ । विद्यालयमा कार्यरत अधिकांश शिक्षकहरू शिक्षक सेवा आयोगको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको परीक्षामा सहभागी हुने भएकाले पठनपाठमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै नगरपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले आगामी चैत १४ गतेदेखि १८ गतेसम्म नगरभित्रका सबै विद्यालय पाँच दिनसम्मका लागि बन्द निर्णय गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त पाँच दिनको बिदालाई आगामी शैक्षिक सत्रको बर्खे बिदाबाट कट्टा गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताईंन्छ । 

 

 

Views: