d

काठमाण्डौ बस्ने राष्ट्रवादी गौरादहबासीले बनाए 'क्रिएटिभ यूथ टिम'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

काठमाण्डौ:  काठमाण्डौमा रही बिभिन्न पेशा व्यवसाय गर्दै आएका गौरादहबासीहरुलाई समेट्दै क्रिएटिभ यूथ टिमको गठन गरिएको छ । 
गौरादह नगरपालिकामा घर भै हाल काठमाडौंको बिभिन्न क्षेत्रमा पेशा, ब्यवसाय गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्दहरुलाई संगठित गराउने उद्देश्यले रविन्द्र खड्काको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको हो ।  

नवगठित समितिको उपाध्यक्षमा निलकण्ठ अधिकारी,  सचिवमा बिष्णु सुबेदी र कोषाध्यक्षमा  हरी बहादुर कार्की र भवानी सिवाकोटी रहेका छन् ।  
त्यसैगरी सदस्यहरुमा लक्ष्मी प्रसाद संग्रौला, भुवन कार्की, चन्द्र बहादुर सुवेदी, भुपाल विष्ट, डम्बर बहादुर कार्की, संगीत श्रेस्ठ, जीवन कट्टवाल, गणेश के शी, सुरेन्द्र विष्ट, हरिबहादुर कार्की, प्रकाश रायमाझी, हिरण्य सुवेदी, गंगा बहादुर विष्ट, सन्तोष पौडेल र  वासुदेव गौतम  रहेका छन् । नव गठित टिमको मुख्य उद्देश्य गौरादहमा राप्रपालाई कसरी बलियो बनाउने भन्नेमै केन्द्रित रहने बताइन्छ । 

क्रिएटिभ यूथ टिम गठनको औचित्य माथि प्रकाश पार्दै राप्रपा सम्बद्द वाणिज्य बिभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलाले भने, 'हाम्रो मिसन भनेको राप्रपालाई बलियो बनाउनेनै हो, राष्ट्रवादी सोच भएका र हाम्रो पार्टीलाई माया गर्ने गौरादहबासीहरु काठमाण्डौमा ठूलो संख्यामा हुनुहुन्छ, वहाँहरुलाई संगठित गर्दा हाम्रो पार्टीलाई सर्वत्र फाइदा हुन्छ भन्ने विश्वास लिएका छौं ।'

सांगठानिक हिसावमा एमालेको बलियो पकड़ मानिदै आएको गौरादह नगरपालिकामा राप्रपा शक्तिशाली बन्दै गएको संग्रौला बताउछन् । 

'देशभरीको समग्र अवस्थामा व्यापक सुधार आएको बेला गौरादहमा समेत राप्रपाले राम्रो संगठन विस्तार गर्न थालेको छ  । दैनिक रुपमा राप्रपाको सदस्यता लिनेहरु बढ्दै जाँदा काठमाण्डौमा बसोबास गर्ने गौरादहबासीहरु समेत गौरवान्वित महसूस हुनु स्वाभाविक हो ।  चुनाव लक्षित योजना बनाउनकै लागि काठमाण्डौमा गठन गरिएको संगठनले गाउँमा महत्वपूर्ण भूमिका खेल्न मद्दत मिल्ने निश्चित छ।', संग्रौलाले पर्दाफास संग भने । 

गौरादहमा अरु कुनै पार्टी संग चुनावी एकता गर्न  औचित नहुने संग्रौलाको तर्क छ । 

'गणितीय रुपमा गौरादहमा हाम्रो उपस्थिती कस्तो छ भन्ने अवस्था पछिल्लो १५ वर्ष देखि देख्न पाइएको छैन। यो पटकको निर्वाचनमा हामी एक्लै चुनाव लड़ेर यसको मापन गर्ने योजनामा छौं। वाणिज्य विभाग प्रमुखको हैसियतमा गौरादहका साथीभाईलाई मैले पनि त्यही सल्लाह दिँदै आएको छु ।', नेता संग्रौलाको भनाई रहेको छ । संगठन खोल्नुको औचित्यमा थप प्रकाश पार्दै नव निर्वाचित अध्यक्ष खड्काले आफुहरुको संगठनले सामाजिक र राजनीतिक क्षेत्रमा कृयाशिल रहने बताए । 

 'गाउँ घरमा आयमूलक र सिपमूलक तालिम संचालन गर्ने बारे पनि हामी चिंतित छौं ,। अहिले हामी चुनावी रणनीति कसरी बनाउने भन्ने विषयमा समेत साथीहरू विच कुराकानी भईरहेको छ। चुनाव लक्षित कार्यक्रममा समेत हाम्रो ध्यान केन्द्रित छ । गौरादहमा चुनावी गतिविधी संचालन गर्न र उपयुक्त उम्मेदवार खोजी गर्न सहायता पुर्याउनुनै हाम्रो पहिलो मिसन रहनेछ ।', नवनिर्वाचित अध्यक्ष खड्काले बताएका छन् । 

Views: