d

गौरादहमा अनौठो चोरीको घटना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे / ग्वाल्डुब्बा

झापा: गौरादहमा पछिल्लोपटक अनौठो चोरि सुरु भएको। प्रसंग हो झापा गौरादह ८ जुरोपानिमा अवस्थित पोख्रेल 
हाडबेयर को। अज्ञात मानिस पसलमा महिला  मात्र भएको मौका छोपि हेलमेट र माक्स लगाई अाफुलाई स्कुलको शिक्षक बताउने, तपाईंको श्रीमान् ले चिन्नु हुन्छ भनी सामान मागेर लाने अाफ्नो परिचय नदिने गरेको छ। 

घटना हो  फागुन २८ गते शनिबार बिहान को।

   यस्तै प्रकार को घटना सोही दिन सोही वडाको दामाबारी चौकमा पनि घटेको छ। दामाबारीमा अवस्थीत संगिता तामाङको किराना पसलमा पनि उस्तै घटना घटेको छ।

यस घटना बारे संगिता तामाङ भन्नुहुन्छ, 'समय र दिन थाहा भएन तर अाफुलाई स्कुलको शिक्षक हु भन्दैथियो। मोटरसाइकल बाटोमा थियोे म एक्लै पसलमा थिए। उसले रिचार्ज र चक्लेट माग्यो। मिसहरुलाई बाड्नु छ रिचार्ज भन्दै थियोे।माक्स लाएको थिएन। मैले उसको अनुहार याद गरिन मान्छे हल्का मोटो छ।' 

यसै घटनालाई पुष्ठी गर्दै सोही समयमा स्टोरमा रहन भएकी सारदा पोख्रेल ले पर्दाफास संग भन्नू भयो, 'सामान छैन हुदैन भन्दा जवरजस्ती सामान लगेको छ ।  तपाईंको परिवारको सबै जनालाई चिन्छु भन्दै उक्त व्यक्तिले आफु जीवन सर भएको बताएका थिए।

ति व्यक्तिले अटेर गरि अाफै झिकेर लागेको र माक्स खोल्नु भन्दा अन्य कुरा गर्दै टारेर हिडेको पोख्रेल बताउछिन्।  

पछि उहाका श्रीमान् अाएर सिसि क्यामेरा चेक गर्दा पसलमा अाएको र गएको रेकर्ड भएको छ। ग्वाल्डुब्बा को क्यामेरामा चेक गर्दा उक्त ब्यक्ति सिसि क्यामेरा कैद भएको भेटिएको तर अहिलेसम्म पत्ता लागेको छैन।उसले सुरुमा भाडाकुडा नै रोज्न खोजेको र पछि अरु सामान उठाएको सिसि क्यामेराले प्रस्ट देखाएको छ।

यस घट्ना बारे ग्वाल्डुबा चौकिमा बुझ्दा हुलिया अनुसारको व्यक्ति मिलेको र प्रहरीले सुक्ष्म अध्ययन गर्न थालेको बताइएको छ।  

Views: