d

दुई जना सांसदलाई पार्टीमा भित्र्याउन ओली आज कपिलवस्तु पुग्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु पुग्दै छन् । एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु तर्फ  लागेका हुन् ।


एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ । एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले सोमबारको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने वताए । file photo

Views: