d

उदयपुरमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासि आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो। आगलागीबाट भैरवबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयवासी डण्डीकेशर मगरले जानकारी दिए । आगलागीबाट अन्नपात, लत्ताकपडा सबै जलेका छन् । photo: Nayapage

Views: