d

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१५ चैत, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

उनलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।

गत २६ फागुनमा बसेको न्यायपरिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Views: