d

एमसीसी विरुद्द उभिएका उम्मदेवारलाई मात्र विप्लबको साथ रहने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । मुलुकमा देखिएको भ्रस्टाचार र एमसीसी बिरुद्द आवाज बलियो बनाउदै आएको  विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा पार्टी दर्ता गरेर चुनावमा सहभागी नहुने र राष्ट्रवादी उम्मेद्वारलाई सहयोग गर्ने जनाएको छ।

हालै सम्पन्न विप्लव नेकपाको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय तह निर्वाचनबारे  राजनीतिक दस्ताबेज पेश गर्दै यस्तो जानकारी गराएका हुन्।  

महासचिव विप्लबले आफ्नो पार्टी दर्ता नगर्ने तर एमसीसीको समर्थनमा देखिएका दलहरुलाई स्थानिय निर्वाचनमा पराजित गराएरै छाड्ने प्रतिबद्दता व्यक्त गरेका छन्।  

विज्ञप्तीको पूर्ण पाठ 


सिद्धान्ततः मात्र होइन, व्यवहारतः पनि संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको हित रक्षा गर्ने प्रतिक्रियावादी व्यवस्था हो । यो व्यवस्था रहेसम्म श्रमिक जनता र राष्ट्रले मुक्ति र स्वाधीनता प्राप्त गर्न सम्भव छैन । बरु अनेकौँ राष्ट्रघात र जनघातका घटनाहरू भोग्न अनिवार्य छ । संसदीय व्यवस्थाभित्र आफ्नो शक्तिको सुदृढीकरण गर्न साथै जनतालाई संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामा घुमाउन हरेक चार या पाँच वर्षमा चुनावको आयोजना गरिन्छ। अर्थात् पुँजीपति वर्गले चुनावलाई संसदीय व्यवस्थाको रक्षा गर्ने रणनीतिमा प्रयोग गर्दै आएको छ । यो व्यवस्थाभित्र जुनसुकै रूप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणालीहरू हुन्। यसर्थ चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव भएन र छैन।

नेपालमा संसदीय व्यवस्था चालीस बर्षदेखि असफल बन्दै आएको छ । जनताले निरन्तर यसका विरुद्ध सङ्घर्ष र विद्रोह गरिरहेका छन्। पछिल्लो एक वर्षदेखि यो अनेकौँ सङ्कटबाट गुज्रिरहेको छ। तथापि अहिले उसको स्थानीय चुनावको समय आएको छ र यसलाई थोरै भए पनि आफ्नो सङ्कट छल्ने साधन बनाउन जुटेको छ।


पार्टी एकीकृत जनक्रान्तिमा निरन्तर बढिरहँदा हाम्रो मोर्चासामु संसदीय व्यवस्थाको स्थानीय चुनाव आइपुगेको छ। यसलाई कस्तो कार्यनीति बनाएर लडियो भने तत्कालिक रूपले वैज्ञानिक समाजवाद प्राप्त गर्ने हाम्रो रणनीतिलाई फाइदा पुग्छ रु हामीले सही निष्कर्ष निकाल्ने विषय बनेको छ। निश्चय पनि हाम्रो पार्टीसँग नेपाली कम्युनिस्ट आन्दोलनका चुनाव बहिष्कार र उपयोगका दुवै अनुभवहरू छन्। कुनै बेला भन्ने बहिष्कार, गर्ने उपयोगका अनौठा प्रयोग पनि छन्। केही संसद्वादी कम्युनिस्टहरूले चुनावलाई निरपेक्ष रूपले उपयोगको नीति बनाएर भाग लिँदै गएका छन्। उनीहरूलाई चुनावको कुनै समस्या नै भएन। केही कम्युनिस्टहरूले बहिष्कार भने पनि उपयोग भने पनि केवल कार्यनीतिक प्रयोगमा मात्र सीमित छ । त्यसको ठोस रणनीतिक उद्देश्यसँग जोडिएको छैन । त्यसले गर्दा उनीहरूलाई पनि खासै चिन्ता र समस्या भएन । एउटा गर्नु पर्दथ्यो, गरे। तर हाम्रोजस्तो पार्टी जो निरन्तर क्रान्तिमा बढिरहेको छ, जोसँग आफ्नो रणनीतिअनुरूप जीवन्त कार्यनीतिहरू बनाउनुपर्ने जिम्मेवारी छ, जसले कार्यनीतिक गल्ती गर्दा क्रान्तिको रणनीतिक उद्देश्यमा घातक प्रभाव पार्ने अवस्था छ। यसले चुनावबारे बनाउने कार्यनीति अन्तको भन्दा गुणात्मक रूपले फरक र संवेदनशील छ । वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षका अनेक पक्ष, राष्ट्रिय सङ्घर्ष र अन्तर्राष्ट्रिय पाटापक्षसँग सम्बन्ध राख्ने यो कार्यनीतिलाई ठोस गर्दा, बहिष्कार वा प्रयोग जे गर्दा पनि गम्भीर प्रकारले विश्लेषण गर्न र निष्कर्ष निकाल्न जरुरी छ।

हामीले कार्यनीति ठोस गर्दा जहिले पनि देश, श्रमिक जनता, मित्रशक्ति र पार्टीपङ्क्तिको अवस्थालाई केन्द्रभागमा राखेर गर्नुपर्छ । कस्तो कार्यनीतिले देशको हितमा नागरिकहरूलाई धु्रवीकृत गर्न मद्दत गर्छ, जनता र पार्टीको सम्बन्धलाई मजबुत बनाउँछ, जनतालाई एकताबद्ध र सक्रिय बनाउँछ, पार्टीपङ्क्तिलाई जनतामा पुग्न सहज तुल्याउँछ र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने पक्षहरूलाई ध्यान दिएर बनाउनुपर्छ। यसरी विचार गर्दा पार्टीलाई दर्ता गरेर चुनाव उपयोगमा नजाने तर एमसीसी एवम् राष्ट्रघात विरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति प्रयोग गर्नु उपयुक्त हुनेछ।

Views: