d

वडाध्यक्ष भण्डारीको कार्यकालमा के के भयो विकास?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह : झापाको गौरादह नगरपालिका वडा न. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले आफु निर्वाचित भए देखि अहिले सम्मको विकास निर्माणको समिक्षा प्रस्तुत गरेका छन्।  ५ वर्षको वडाध्यक्षको कार्यकाल सकिन लाग्दा अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा भएका सम्पूर्ण विकास निर्माणका कार्यहरुको प्रगति विवरण पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरेका हुन्।  

अध्यक्ष भण्डारीले निर्वाचनताका आफुले व्यक्तिगत रुपमा र पार्टीको तर्फबाट भएको घोषणा पत्रमा उल्लेखित  प्रतिबद्धता अधिकांश पूरा गरेको दावी गरेका छन्।  

 वडाध्यक्ष भण्डारीले ५  बर्षको अवधिमा जनताको साथ र सहयोग पाएकै कारण भौतिक निर्माणका महत्वपूर्ण कार्यहरु सफलता साथ सम्पन्न गर्न पाएको बताउछन्।    केहि विकास आयोजनाहरु निर्माणाधीन रहेको भएता पनि ८०% निर्माणकार्यमा आफु सन्तुष्ट रहेको भण्डारीको भनाई रहेको छ।  


कति सडक मर्मत भए ?

अध्यक्ष भण्डारीका अनुसार हाल सम्म यस वडामा  १० स्थानका सडक कालोपत्रे भईसकेका छन् । जस अन्तर्गत  पेट्रोल पम्प देखि गौरादह बजार सम्म ( १६०० मि . ) , सितापुरी स्कुल पश्चिम ९५० मि . , सितापुरी चोक देखि पश्चिम ५५० मि . , अर्जुनदेव राइको घर दक्षिण १ किलोमिटर निर्माणाधीन , गौरादह बजार ,चौकी हुँदै रेडक्रस मार्ग निर्मणाधिन ( रिनेटिङ बाल सहित ) ११०० मि . , गौरादह बजार पुर्व ४०० मि . निर्माणाधीन , डिपुचोक – डिम्बाउठा सडक , सितापुरी मिल पस्चिम नमुना सडक ४२५ मिटर र अम्बिका घिमिरेको घर उत्तर ६०० मिटर कालोपत्रे सडक निर्माण सुरुवात भएको बताईएको छ।  

त्यस्तै करिब २५ कि मि सडक उच्च स्तरीय ग्राभेल , करिब १२ किमी सडक ग्राभेल र १ कि मी ड्रेन ( ढल ) निर्माण गरिएको उनले बताए ।

पर्यटकीय क्षेत्र, बजार, बाटो मर्मत तथा सम्भार, विपन्नको घर निर्माण, सडकबत्ती, कल्र्भटलगायत निर्माण :

गौरादह पोखरी लाई पर्यटकीय क्षेत्रका रुपमा बिकाश गर्न गौरादह पोखरी क्षेत्रमा कम्पाउण्ड (घेराबारा ) गरिएको छ भने आ.व. २०७८/७९ बाट डि पि आर अनुसार ठेक्का प्रक्रियाबाट निर्माण सुरु गर्ने उनले बताए । उनले गौरादह पोखरीलाई गौरवका योजनाको रुपमा विकास गर्ने गरि काम अघि बढेको बताए ।

गौरादह बजारलाई प्रदेश सरकारबाट १ करोड १० लाख र गौरादह नगरपालिका र वडा कार्यलय बाट ४० लाख को लागतमा स्तरोन्नति गरिएको उनको बताए । बजारको मुख्य चोकमा बनाईएका गौरीगाई बजारको आर्कणका रुपमा रहेका छन् ।करीब १३ कट्ठा जमीनमा दुईतर्फी गरेर ९८ वटा व्यवस्थित स्टल रहेका छन् । बजार क्षेत्रमा विभिन्न प्रजातिका रुख रोपिएका छन् ।

त्यस्तै वडामा ७ वटा बक्स कलभर्ट निर्माण , ५५ बढी स्थानमा ह्युमपाइप जडान , कृष्णे खोलामा ९२ मिटर लामो फलामे पुल , कृष्णे खोलामा ४२ मिटर लामो पक्की पुल निर्माणाधीन , लगभग ८०० मिटर गेउरिया कृष्णे खोला नदि नियन्त्रण लगायतका काम भएको अध्यक्ष भण्डारीले बताएका छन् ।

अतिविपन्न विहिन ८ परिवारलाई आवास निर्माण , ७५ घरलाइ सुरक्षित आवास अन्तर्गत जस्ता पाता बितरण , १०० पोलमा सडकबत्ती जडान, विभिन्न मठ मन्दिर र संघ संस्थाको भवनको भौतिक शुधार , समाधिस्थल निर्माण सुरु , ६० हेक्टर जमिनमा सिचाइ ( डिप बोरिङ ) लगायतका कार्य  सम्पन्न गरेको जनाइएको छ ।

युवा तथा खेलकुद विकास

युवा तथा खेलकुद विकास समिति अन्तरगत वडास्तरीय फुटवल , भलिबल ,ब्याडमिन्टन र फुटसल प्रतियोगिता, पोल तथा नेट खरिद, फुटवल, जर्सी, बुट खरिद, तथा खेलाडी लाई बितरण गरिएको जनाइएको छ ।

स्वास्थ्य तथा खानेपानी :

स्वास्थ सेवा अन्तरगत कोरोना भाइरस सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना गरिएको वडाअध्यक्ष भण्डारीले बताए । त्यस्तै वडाका अतिविपन्न परिवारलाई उपचार , विभिन्न स्वास्थ ( आखा , नाक , मुटु , कान ) शिबिर आयोजना गरिएको साथै एम्बुलेन्स र सब वहानमा सहयोग प्रदान गरेको उनले बताए । कोरोना महामारीको समयमा निशुल्क आयुर्वेदिक औषधि बितरण , निशुल्क एम्बुलेन्स र सब वहान सेवा साथै गरिव तथा अतिविपन्नलाई खाद्यन्न तथा राहत वितरण गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । साथै बिपन्न ९३ परिवारलाइ स्वास्थ बिमा गरिएको उनले बताए ।
वडाका ११५ परिवारलाई सहुलियतमा खानेपानी मिटर र धारा जडान गरिएको र घरघरमास्वच्छ खानेपानीको ब्यवस्था गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

शिक्षा:

दुई वटा माध्यमिक बिधालय मा ८/८ कोठे भवन निर्माण गरिएको र बिद्यालयमा शिक्षाको स्तरउन्नतीका लागि विभिन्न शिक्षा सुधार कार्यक्रमसमेत आयोजना गरिएको उनले बताए ।

 

तालिम तथा प्राविधिक तालिम:

त्यस्तै वडाले ३०० जनालाई ड्राइभिङ , इलेक्ट्रोनिक लगायतका विभिन्न सीप सिकाइ तालिम , महिला विकास कार्यक्रम अन्तरगत विपन्न तथा अतिविपन्नलाई डल कुशन कृष्टल , सिलाई–कटाईको आधारभूत तालिम प्रदान गरेको अध्यक्ष भण्डारीले बताए ।

 

कृषि :

कृषि कार्यक्रम अन्तरगत किसान परिवारको माटो परिक्षण र कृषि चुन वितरण, कृषकका १२०० गाइबस्तुको बिमा , बाख्राको विउ बोका (बोयर) १० वटा वितरण, किसानलाई स्प्रे टेङ्की र टनेल बितरण , कृषि तथा घरेलु उधोगलाइ उपकरण वितरणलगायतका कार्यक्रम गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

त्यस्तै वडामा भएको विकास निर्माणका कार्यक्रमहरुमा समावेशी विकास कार्यक्रम अन्तरगत समावेशी महिला कानुनी परामर्श तथा घरेलु हिंसा सम्बन्धि चेतनामुलक कार्यक्रमलगायत गरेको छ । १३ जना बिपन्न तथा असहायलाई सहायक सामाग्री बितरण गरिएको उनले बताए । त्यस्तै धर्म सस्कृती जगेर्ना गर्न विभिन्न धार्मिक संघ संस्था र धार्मिक कार्यक्रममा सहयोग गरिएको जनाइएको छ ।

Views: