d

राप्रपा प्रवेश गर्ने बित्तिकै खड्का र प्रसाईंलाई यस्तो जिम्मेवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापा गौरादह वडा नं. ५ का भुपाल खड्का लामो समय सम्म एमालेमा रहेर स्थानीय राजनीतिमा सकृय रहेका युवा हुन् । खड्काले एमालेको अदुरदर्शी नीति,  गतिहीन सिद्धान्त र अराजक प्रबृत्तिका कारण पार्टी परित्याग गरेको बताउने खड्का ३ दिन अगाडी मात्र राप्रपा प्रवेश गरेका थिए। 

 राजेन्द्र लिङ्देनले नेतृत्व गरेपछि मुलुकको भविस्य कोर्ने जिम्मेवारी राप्रपामा मात्र देखिएको बताउने युवा नेता खड्कालाई गौरादह ५ को वडा समिति अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । 

उनले वडा नेतृत्व सम्हाल्ने बित्तिकै नयाँ सोच र उर्जाका साथ पार्टीलाई गतिशील बनाउने कार्यमा कृयाशिल रहने बताएका छन् । 

यसैगरी वडा उपाध्यक्षको जिम्मेवारी राजु प्रसाईंलाई प्रदान गरिएको छ । 

प्रसाईं आजै पार्टी प्रवेश गरेका हुन् । 
नेपाली कांग्रेसका कृयाशिल सदस्य रहेका प्रसाईंले राप्रपा प्रवेश गरेपछि कांग्रेस वृत्तमा निकै ठूलो चर्चा चुलिएको बताइन्छ ।  

खड्काको नेतृत्वमा गठित वडा समितिले पुर्णता भने पाएको छैन । 

वडा नं. ५ स्थित राधाकृष्ण मन्दिर सभाहलमा बुधवार  आयोजित समारोहमा करिब १५ जना स्थानीयहरु राप्रपा प्रवेश गरेका छन् ।

Views: