d

जेष्ठ नागरिकलाई ५० थान बक्स कुर्सी उपहार दिएर नेता संग्रौलाले आफ्नो  मनाए जन्मदिन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलाले जेष्ठ नागरिक लाई ५० थान बक्स कुर्सी उपहार दिएर जन्मदिन मनाएका छन्।  झापाको गौरादह ७ मा जन्म भई हाल दमक ८ मा स्थायी बसोबास गर्दै आएका संग्रौलाले गौरादह १ मा रहेको जानकेश्वर शिवालयमा निर्मित जेष्ठ नागरिक  मिलन चौतारीको लागि ५० थान बक्स कुर्सी प्रदान गरेर जन्म दिन मनाएका हुन्।

आफ्ना स्व पिता श्रीप्रसाद संग्रौलालाई स्मरण गर्दै कुर्सी उपहार प्रदान गरेको बताएका छन्।     

अढाई वर्षको हुँदा दुर्घटनामा आफ्ना पिता गुमाएका संग्रौलाले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई विभिन्न प्रकारका उपहार प्रदान गर्दै जन्मदिन मनाउने गरेका छन्।  

'मेरो बुबा कस्तो हुनुन्थ्यो मलाई खासै झझल्को छैन, अहिलेका जेष्ठ नागरिकहरु सबै मेरै बुबा जस्तो लाग्छ, मेरो वृद्दआमा र मलाई गौरादह क्याम्पसमा पढाउने आदरणीय गुरु सुरेश बहादुर पौड्याल जो जानकेश्वर शिवालय मन्दिर व्यवस्थान समिति अध्यक्ष समेत हुनुहुन्छ वहाँहरुकै  सल्लाहमा कुर्सी उपहार दिने मौका पाएँ' , संग्रौलाले  भनेका छन्।  

दान पुण्यको क्षेत्रमा राम्रो चर्चा कमाउँदै आएका संग्रौलाले पछिल्लो समय समाजका प्रतिष्ठित दर्जामा पर्ने जेष्ठ नागरिक र विपन्न समुदायका नागरिकमा लत्ता कपडा, खाद्यान्न सामाग्री वितरण गर्दै आउनुभएको पाइन्छ।  

गरिवी र भोक र दुख के हो भन्ने बारेमा वाल्यकाल देखिनै अभ्यस्त रहेको बताउने नेता संग्रौलाको हाल भक्तपुरमा मार्वल तथा टायल्सको व्यवसाय छ। मार्वल व्यवसायी संघको केन्द्रिय अध्यक्ष समेत रहेका संग्रौला व्यवसायबाट प्राप्त आम्दानीको २० प्रतिशत सुरक्षित गरेर सामाजिक कार्यमा खर्च गर्ने गरेको बताउछन्।    

 'लक्ष्मीले कहाँ बाट ल्याउछ हौ यत्रो पैसा, बाँडेको बाड्यै गर्छ त?, यो मलाई धेरैले सोध्ने प्रश्न हो' नेता संग्रौला भन्छन्'।  यहि प्रश्नको जवाफ दिंदै संग्रौला अगाडी भन्छन्, 'हिजो म संग केहि थिएन, आकाश देखिने झुपडीमा रात गुजारिन्थ्यो, मलाई यहि समाजले बाँच्न र हाँस्न सिकाएको हो त्यो समाजको दुख शेयर गर्न नसके मानव भएर ज्युनुको मजानै कहाँ छ र ?'


पर्दाफास मिडिया प्रा. लि. मा समेत रही प्रमुख सल्लाहाकारको जिम्मेवारीमा रहेका संग्रौलाको पवित्र कार्यको सम्मान  गर्दै सिंगो पर्दाफास युनिटको तर्फबाट जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।  उहाँ लगायत उहाँको   परिवारजन प्रती अगामी दिनहरुमा  सु स्वास्थ   सुखशान्ति  समृद्धि एवं उन्नति  प्रगतीको कामना गर्दछौं ।

Views: