d

कमल थापाको जिल्लामा राप्रपा अध्यक्ष लिङ्देनले बृहत आमसभा गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

हेटौंडा । राप्रपा अध्यक्ष पदमा पराजित भएर पार्टी छोडेका कमल थापाको गृह जिल्ला मकवानपुरमा राप्रपाले विशाल आम सभाको तयारी गरेको छ।  मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएपछी अध्यक्ष लिंग्देंन सहित प्रभावशाली नेताहरुले आमसभामा सम्बोधन गर्ने बताइएको छ।  

नव निर्वाचित जिल्ला अध्यक्ष थापा जिल्ला नेतृत्वमा आएपछि मकवानपुरमा तरङ्ग आएको बुझिएको छ।  

हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको थियो।  

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताए ।

बैठकले २७ चैतमा हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । 

Views: