d

२१ वर्षे युवा कविन्द्र चुडालको जनप्रतिनिधि बन्ने चाहना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीमा युवाहरुको प्रवेशमा उत्साह बढ्दै गर्दा आसन्न निर्वाचनमा समेत युवाहरु सक्रिय देखिन थालेका छन्।  यस्तै युवाहरु मध्ये रहेका गौरादह ४ का युवा हुन् कविन्द्र चुडाल।  

चुडालले पछिल्लो राप्रपा महाधिवेशनमा राजेन्द्र लिंगदेनलाई विजयी गराउनका लागि निकै ठुलो सक्रियता देखाएका थिए।  महाधिवेशन परिसरमा लिंग्देंनको समर्थनमा खुलेर प्रचारप्रसारमा उत्रिएका चुडाल कानुनका विद्यार्थी हुन्।  उमेरले २१ वर्ष मात्र पुगेका चुडाल भन्छन्, 'पार्टीले अवसर दिए म वडा अध्यक्षमा नै उठ्न तयार छु।'


राजेन्द्र लिङ्गदेनलाई राजनीतिको आदर्श व्यक्ति मान्ने उनि मुलुकमा परिवर्तन र विकास सम्भव छ भने राप्रपाबाट सम्भव भएको बताउने चुडाल आफु संगै अध्ययन गर्ने साथीभाईहरुलाई आफुले कन्भिन्स गरेर राप्रपामा प्रवेश गर्ने वातावरण तयार गर्दै आएको बताउछन्।  

युवाहरुले राजनीति गर्नु हुदैन भन्नेहरुलाई कडा जवाफ दिंदै  उनि भन्छन,  'हुन त मलाई सबैले हिजो अस्तिको फुच्चे भन्लान तर पनि मलाई लाग्छ म निकै परिपक्क भइसकेको छु।'

'समाजले मलाई राजनीति नगर्न भन्ला तर म मेरै गाउँको माटोमा बसेर राजनीति गर्छु र राजनीति बाटै समाज परिवर्तन गर्न चाहन्छु।'

पवित्र राजसंस्था प्रति आफु सदैब बफादार रहने बताउने बिद्यार्थी नेता चुडाल संग निर्वाचित जनप्रतिनिधि भएर समाजको सेवा गर्ने ठुलै सपना रहेको पाइन्छ।   

'मेरो वडामा राप्रपाका पुराना र खारिएका नेताहरु धेरै हुनुहुन्छ तर  म पनि जनप्रतिनिधिको लागि योग्य छु भन्ने लाग्छ। नेपालको राजनीति र राष्ट्रियतामा पछिल्लो समय देखापरेको उदासिनता र नेताहरुले मुलुक प्रति गरेको बेइमानी देख्दा धेरै दुख लागेर आउछ।', चुडाल भन्छन्।  

देशलाई माया गर्ने कविन्द्र चुडाल जस्ता कैयौं युवाहरु ५० डिग्री तापक्रम रहेको खाडीमुलुकमा श्रम बगाउन बाध्य छन्।  चिकित्सकहरु द्वारा शरिरको परिक्षण गर्दा कुनै पनि रोग नदेखिएका र मुलुकलाई कायापलट गर्न सक्ने ६० लाख युवाहरुका एक प्रतिनीधी पात्र रहेका चुडाल जस्ता कैयौं नेपाली युवाहरुको भावनालाई राजनीतिक दल र यसमा आवद्द कार्यकर्ताले गम्भीरता साथ लिनु जरुरी देखिन्छ।  


 

Views: