d

चार करोड भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरगरेको छ ।

आयोगले बिहीबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । उनीहरुसँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का, तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईँ, लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोशी, गापा ५ (साविक नागदह गाविस १/५) का अध्यक्ष वेतबहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोशी, गापा ५ (साविक नागदह गाविस ६/९) का अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दलबहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति, लिखु गापा ४, (साविक विजुलीकोट)का अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्‍याउने र सरकारी रकममा हानिनोक्सानी पुर्‍याउने बदनियतले कार्य अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरणजस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गराएको विज्ञप्तीमा भनिएको छ।

यस्तै, तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० मागदाबी गरिएको छ। आफू अनुकूलको उपभोक्ता समिति गठन गरी सो कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप लागेको छ।

आरोपपत्रमा विद्युतीकरण उपभोक्ता समिति नागदहका अध्यक्ष बेदबहादुर पुवाँर, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध ३५ लाख २ हजार ६१४, सुनबहादुर तामाङ, करिष्मा परियार, दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार ९०२ र होमबहादुर महत, अनिता श्रेष्ठ, डिल्लीबहादुर सुनुवारविरुद्ध ४२ लाख ५३ हजार ३८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ।

सो अनियमिततामा पाइक कन्स्ट्रक्सन प्रालि महाराजगन्जका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध पनि ४२ लाख ३५ हजारभन्दा बढी बिगो मागदाबी गरिएको प्रवक्ता भण्डारीले बताए।

त्यस्तै काजीबाबु श्रेष्ठ, तारा गुरुङ, युवराज सुनुवारविरुद्ध १ करोड २ लाख ५१ हजार ९९५, प्रचण्ड सुनुवार, घन्टिकादेवी सुनुवार र क्याल्बु तामाङविरुद्ध ३२ लाख २९ हजार ७३८, बुद्धिबहादुर तामाङ, मेनुका खड्का र अश्विन रोकाविरुद्ध ८४ लाख ९१ हजार ६०८, अशोककुमार सुनुवार, दिलमाया थापा र प्रकाश सुनुवारविरुद्ध ६६ लाख ७० हजार ७०८, तत्कालीन लेखापाल नुर्बु लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २०२ र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईंविरुद्ध ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियारले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विद्युतीकरण गर्दा योजना सम्झौताका सर्त, कार्यपालिकाको निर्णय र विद्यमान कानुनविपरीत प्राविधिक मूल्याङ्कन गरेको, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन बिना सामान खरिद/ढुवानी गरी रकम भुक्तानी लिने/दिने गरेको उजुरी आएपछि अनुसन्धान थालेको थियो। file photo

Views: