d

 गौरादहमा महोत्सवको मज्जा लिंदै दर्शक,  इन्दिरा जोशी आउँदा मैदान खचाखच

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युवराज रेग्मी 


चैत्र १८ , गौरादह / झापाको गौरादहमा यहि चैत्र ११ गते देखि साङ्गितिक मिनि महोत्सव संचालन भैरहेको छ । महोत्सबमा रोटेपिङका साथमा विभिन्न खेलहरुको मनोरञ्जन लिदै हरेक दिन स्थानिय कलाकार र  ख्यातिप्राप्त कलाकार हरुले स्टेजमा साङ्गितिक प्रस्तुती प्रस्तुत गरेर दर्शकहरुलाइ रोमान्चित बनाउदै आएका छन् । 
                 गौरादह उद्योग बाणिज्य संघ र झापाली युनिटी क्लबको सहयोगार्थ सन्चालित महोत्सवमा हरेकदिन उल्लेख्य मात्रामा दर्सकहरुको उपस्थिति रहदै आएको मेला आयोजक समितिले जनाएको छ । 
          दैनिक रुपमा आफ्नो प्रस्तुतिका लागि मेलामा आउने क्रममा हिजो बिहिबार बेलुका नेपालकि ख्यातिप्राप्त चर्चित गायिका इन्दिरा जोशीले मध्यरातमा आफ्नो प्रस्तुति पस्कदा दर्सकहरु  उनिसगै गितमा रमाउदै मनोरञ्जन लिएका थिए ।  दर्सकहरुको सपोर्ट र हुटिङ सहितको माहोल देखेर इन्दिरा जोशी पनि खुसी हुँदै आफ्ना  साङ्गितिक प्रस्तुति पस्कदै दर्शकहरुसंग झुमेको दृश्य एक्दमै  रोमान्चक देखिएको थियो ।

उनले आफ्ना प्रस्तुती पस्कने क्रममा  " मोटरसाइकलमा जाऔ कान्छा घुम्नलाई पछाडी बसेर बुलेट बाइकमा " भन्ने गित प्रस्तुती गर्दा  स्टेज अगाडि सम्पुर्ण दर्शकहरुले नाच्दै समर्थन गरेका थिए ।  उक्त गितमा दर्सकहरु उफ्रि उफ्री नाच्दा  धुलो उडेर स्टेज छोपिदा एक्छिन त  गायिका इन्दिरालाइ गित गाउनै हम्मे हम्मे परेको थियो ।
आफ्ना प्रस्तुती पस्कने क्रममा दर्सक हरुको माया पाएर आफू एकदमै  हर्सित भएको उनले वताइन् ।

 

हाम्राकुरा डट कम बाट

Views: