d

अध्यक्ष लिङ्ग्देनले त्यागे आफु चढ्दै गरेको सरकारी गाडी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  हल्दीवारी गाउँ पालिका अध्यक्ष रविन्द्र लिंग्देंनले आफु चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्।  गत स्थानिय निर्वाचनमा राप्रपाबाट अध्यक्षमा निर्वाचित लिंग्देंनले पदावधी सकिनु पुर्व नै गाउँ पालिकाले उपलब्ध गराएको गाडी त्याग गरेको घोषणा गरेका हुन्।  

स्थानिय निर्वाचन नजिकिदै गर्दा आफु समेत पुन: अध्यक्ष पदको आकांक्षी भएकोले सरकारी गाडी दुरुपयोग नहोस भनेर फिर्ता गरेको उनले बताएका छन्।  

गाडी फिर्ता गरेको स्टाटस सामाजिक संजालमा लेख्दै लिङ्गदेनले भनेका छन् , 'चुनाव मुखैमा आयो, कार्यकाल पनि सकिन लाग्यो, चुनावमा दुरुपयोग नहोस भनेर गाडी फिर्ता गरको छु।' 

 

जनताले तिरेको करको दुरुपयोग नहोस भन्ने लागेर पनि गाडी फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष लिंग्देंनले जनाएका छन्।  
 

यस्तो छ उनको स्टाटस

 

No description available.

Views: