d

अभाब र मूल्य बढ्ने त्रासले पम्पहरुमा भिड 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् ।

पम्पमा लाइन लागेको देखेपछि अन्य सवारीहरु इन्धन अभाव हुने डरले जोहोमा लागेका छन् ।

Views: